Wednesday 29th July 2026

बुटवलका जुम्ल्याहा दाजुभार्इले बनाए अावाज सुनेर मानिसले जस्तै काम गर्ने रोवर्ट


तितोपाटी – बुटवलका जुम्ल्याहा दाजुभाइले आवाजका माध्यमबाट मानिसले जस्तै काम गर्ने रोवर्ट बनाएका छन्। बुटवल योगिकुटी निवासी जुम्ल्यहा दाजभाइ लव र कुश पन्थीले ‘गो गो’ नाम रोवर्ट बनाएका हुन्।

एक वर्षको लामो प्रयासपछि मानिसको स्वरुपको रोवर्ट बनाएका दुई दाजुभाइले असारको पहिलो साता भने मानिसले जस्तै काम गर्ने, बोल्ने सेकेन्ड जेनेरेशनको रोवर्ट बनाएका हुन्। न्यूनतम उपकरणको प्रयोग गरेर रोवर्ट निर्माण गरिएको लव पन्थीले बताए। दुई जनाले ‘लुक्कु’ नामक सफ्टवयरसमेत निर्माण गरेका छन् । हाल बिजुली र इन्टरनेटको साहरामा मानिसले जस्तै गरी रोवर्टले काम गर्छ।

आँखा झिम्क्याउने, हात मिलाउने, कसैले दिएको सामान लिने, फोटो तथा भिडियो खिच्ने, फोटो इडिट गर्ने, सामाजिक सञ्जालमा फोटो र स्टाटस पोष्ट गर्ने काम रोवर्टले गर्छ। यसै गरी रोवर्टले आवाजको माध्यमबाट घरमा भएका सम्पूर्ण विधुतीय उपकरण विश्वका जुनसुकै ठाउँबाट पनि बिना तार नियन्त्रण गर्ने, लाइभ रेडियो बजाउने, हराएको मोबाइल खोजिदिने, शब्दको अर्थ, विपरितार्थक शब्द, प्रर्यावाची शब्द भन्ने सम्म गर्छ।

सानैदेखि प्रविधिमा रुची भएकाले दुई भाइले रोवर्ट बनाउन सफल भएको उनीहरुको भनाइ छ। ‘हामीले कयौं रात उज्यालो बनाएर काम गरेका छौं,’ लवले भने, ‘अझै विकसित रोवर्ट बनाउने हिम्मत छ ।’ न्यूनतम र उपलब्ध भएका स्रोत र साधनका बीचमा रोवर्ट स्थापना गर्नुपरेको भन्दै कसैको सहयोग र साथ रहेमा सोफिया जस्तै रोवर्ट बनाउन सक्ने कुशले बताए। ‘इन्टरनेटको खोज र आफ्नै प्रयासमा पहिलो रोवर्ट बनाएका थियौं,’ उनले भने, ‘पर्याप्त स्रोत र साधन भए विकसित रोवर्ट बनाउन सक्छौं’ रोवर्टको माध्यमबाट नेपाललाई विश्वभर चिनाउने लक्ष्यसमेत रहेको उनले बताए।

लवकुशले १ लाख लागतमा रोवर्ट निर्माण गरेका हुन् । अहिले भने लव कुशले रोवर्ट निर्माण गरेपछि विद्यालयले समेत चासो देखाएको छ । नविन औद्योगिक कदर रिता उच्च माविका प्राचार्य प्रेम बस्नेतले लव कुश देशकै लागि गहना भएको भन्दै विद्यालयले उनीहरुको प्रतिभालाई सम्मान गर्ने बताए । विद्यालयले लव कुशले रोवर्ट आविष्कार गरेपछि नगद ३० हजारसहित सम्मानसमेत गरेको छ । गुल्मी घमिरमा २०६० सालमा लव र कुशको जन्म भएको हो । २०६४ सालदेखि बुटवल १० योगिकुटीमा बस्न थालेका हुन्।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...