Monday 29th December 2025

काठमाडाैं उपत्याकामा एकै दिन ८५९ जना संक्रमित थपिए


तितोपाटी – पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ८ सय ५९ कोरोना संक्रमित देखिएका छन् । यो अहिलेसम्म एकै दिन पुष्टि भएका सङ्क्रमितहरूको सर्वाधिक सङ्ख्या हो। काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

त्यसै गरि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । काठमाडौंमा ८३ वर्षीया महिला र ८८ वर्षका पुरुष, भक्तपुरमा ८२ वर्षीय पुरुष र ललितपुरमा ६६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ९४ हजार ३ सय ७३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ४ सय ५८ पीसीआर परीक्षण भएकोमा २०२० जना संक्रमित थपिएका हुन् ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...