Saturday 30th May 2026

काठमाडाैं उपत्याकामा एकै दिन ८५९ जना संक्रमित थपिए


तितोपाटी – पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ८ सय ५९ कोरोना संक्रमित देखिएका छन् । यो अहिलेसम्म एकै दिन पुष्टि भएका सङ्क्रमितहरूको सर्वाधिक सङ्ख्या हो। काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

त्यसै गरि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । काठमाडौंमा ८३ वर्षीया महिला र ८८ वर्षका पुरुष, भक्तपुरमा ८२ वर्षीय पुरुष र ललितपुरमा ६६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ९४ हजार ३ सय ७३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ४ सय ५८ पीसीआर परीक्षण भएकोमा २०२० जना संक्रमित थपिएका हुन् ।


सम्बन्धित शीर्षकहरु

रुसले तालिबान नेतृत्वको अफगानिस्तानसँग सैन्य–प्राविधिक सहकार्य सम्झौता गरेपछि दक्षिण एशियाको शक्ति सन्तुलनबारे नयाँ बहस सुरु भएको छ। अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री…

भारतको रक्षा मन्त्रालयले आफ्नो पाँचौं पुस्ताको स्वदेशी स्टेल्थ लडाकु विमान कार्यक्रम Advanced Medium Combat Aircraft (AMCA) अन्तर्गत पाँच उडानयोग्य प्रोटोटाइप…

वास्तवमा परिवारका सदस्यहरूले बिउ राख्ने, सिँचाइ गर्ने, खेतको रेखदेख गर्ने, मल हाल्ने, रोग–किरा नियन्त्रण गर्ने लगायतका काममा सयौं घण्टा श्रम…

प्रतिकृयाहरू
...