Saturday 3rd October 2026

शुक्र ग्रहमा जीवनको संकेत दिने ग्यास भेटियो


तितोपाटी – खगोल शास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा  जीवन भएको संकेत दिने गयास भेटिएको जनाएका छन् । भेटिएको ग्यासको नाम फस्फिन हो । यो एउटा यस्तो अणु हो जुन फस्फोरसको कण र तीन हाइड्रोजनको कण मिलेर बनेको छ । शुक्र ग्रहको ५० किलोमिटर माथि रहेको वादलमा त्यो ग्यास भेटिएको ।

धर्तीमा फस्फिनको सम्बन्ध जीवनसँग छ । यो पेन्गुइन जस्ता जनावरको पेटमा पाइने सूक्ष्म जीवसँग जोडिएको छ र दलदलजस्तो कम अक्सिजन भएको स्थानमा पाइन्छ । यो ग्यास माइक्रो ब्याक्टेरिया अक्सिजनको अनुपस्थितीमा उत्सर्जित हुन्छ ।

फस्फिनलाई कारखानामा पनि बनाउन सकिन्छ तर शुक्र ग्रहमा त कारखाना छैनन् र निश्चित रुपमा त्यहाँ कुनै पेन्गुइन पनि छैनन् ।

वैज्ञानिकको समूहले शुक्रमा जीवन सँग सम्बन्धित ग्यास भेटए पनि जीवन भेटिएको दाबी गरेका छैनन् । उनीहरुले शुक्र गहको वादलमा वैज्ञानिकले शुक्र ग्रहको बादलमा यो ग्यास अत्यधिक मात्रामा भएकोले त्यहाँ जीवनको सम्भावनाबारे थप पत्ता लगाउनुपर्ने बताएका छन् ।-बीबीसी


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...