Monday 29th December 2025

लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान असोज ५ गते देखि सुचारू गर्ने


तितोपाटी – नेपाल सरकारले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट सुचारू गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीका यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरी स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो ।

सरकारले चैतमा लकडाउन घोषणा गरे यता आन्तरिक उडान बन्द गरेको थियो भने यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालन गर्ने भन्दै सरकारलाई दवाव दिएका थिए ।

त्यसै गरि बहु प्रतिक्षित नेपाल विद्युत प्राधिकरणको निर्देशक पदमा कुलमान घिसिङलाइ पुनः नियुक्ति गर्ने वा नयाँ व्याक्तिलाइ नियुक्ति दिने विषयमा अाजको मन्त्रीपरिषद् बैठकमा कुनै निर्णय हुन सकेन ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...