Friday 11th September 2026

सरकारद्वारा वामदेव गाैतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नको लागि सिफारिश


तितोपाटी – सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। गत २०७४ सालमा भएको आम निर्वाचनमा बर्दियाबाट थोरै मतले नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका गौतमलाई सरकारले विज्ञ समूहबाट सदस्यमा मनोनयन गर्न सिफरिस गर्ने निर्णय गरेको हो ।

तत्कालीन अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले रित्त रहेको राष्ट्रियसभा सदस्य पदमा गौतमलाई नियुक्त गर्नेछिन् ।

नेकपाको सचिवालयले यो सिटमा गौतमलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरेको थियो । नेकपा सचिवालयको पछिल्लो बैठकमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निष्कर्ष सुनाएका थिए । तर त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकले निर्णय नगरेपछि शीर्ष नेताहरुले चासो देखाएका थिए ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...