Monday 31st August 2026

ड्रग्स मुद्दामा रिया चक्रवर्तीको दोस्रो जमानत याचिका खारेज


सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि गिरफ्तार भएकी रिया चक्रवर्तीको जमानत खारेज भएको छ । उनी अब २२ सेप्टेम्बरसम्म जेलमा बस्नुपर्नेछ । रियाबाहेक शोविक चक्रवर्ती, अब्दुल बासित, जैल विलात्रा, दिपेश सावन्त र स्यामुअल मिरान्डाको पनि याचिका खारेज भएको छ । निर्णय सुनाउने बेला न्यायाधीस जेबी गुरवले यो गम्भीर अपराध भएको बताउँदै यसबारे विस्तृत अनुसन्धानको आवश्यकता भएको बताए ।

अदालतको निर्णयमा रियाका वकिल सतिश मानशिन्देले अर्डरको कपी पाएपछि अगाडिको कदम उठाउने बताए । आफूहरुले अर्को हप्ता हाइकोर्टम अपिल गर्नसक्ने बताए । यसअघि मुम्बईको मेट्रोपोलिटन मजिस्ट्रेट कोर्टले बिहिबार निर्णय रिजर्भ राखेको थियो । ८ सेप्टेम्बरमा मजिस्ट्रेट कोर्टले जमानत याचिका खारेज भएपछि रियाले मेट्रोपोलिटन मजिस्ट्रेट कोर्टमा अपिल गरेकी थिइन् । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले रियालाई ८ सेप्टेम्बरमा गिरफ्तार गरेको थियो । उता प्रवर्तन निर्देशनालय (इडी) ले रियाविरुद्ध नयाँ मुद्दा दर्ता गर्ने सम्भावना छ ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

प्रकाश सायमीले आफ्नो फेसबुक वालमा लेखेको यो सामग्रीलाई केवल गायक उदीतनारायण झाको जीवनीका रूपमा हेर्नुभन्दा पनि नेपाली संगीत तथा चलचित्र…

डिजिटल वित्तीय प्रणालीको तीव्र विकाससँगै क्रिप्टोकरेन्सी विश्वभर लोकप्रिय बन्दै गएको छ। छिटो, सीमापार र मध्यस्थ निकायविना कारोबार गर्न सकिने सुविधाका…

धमिलो दृष्टि (Blurred Vision) आँखासम्बन्धी सबैभन्दा सामान्य समस्यामध्ये एक भएको र यसलाई बेवास्ता गर्दा गम्भीर स्वास्थ्य समस्या लुकिरहेको हुन सक्ने…

प्रतिकृयाहरू
...