Sunday 9th November 2025

ड्रग्स मुद्दामा रिया चक्रवर्तीको दोस्रो जमानत याचिका खारेज


सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि गिरफ्तार भएकी रिया चक्रवर्तीको जमानत खारेज भएको छ । उनी अब २२ सेप्टेम्बरसम्म जेलमा बस्नुपर्नेछ । रियाबाहेक शोविक चक्रवर्ती, अब्दुल बासित, जैल विलात्रा, दिपेश सावन्त र स्यामुअल मिरान्डाको पनि याचिका खारेज भएको छ । निर्णय सुनाउने बेला न्यायाधीस जेबी गुरवले यो गम्भीर अपराध भएको बताउँदै यसबारे विस्तृत अनुसन्धानको आवश्यकता भएको बताए ।

अदालतको निर्णयमा रियाका वकिल सतिश मानशिन्देले अर्डरको कपी पाएपछि अगाडिको कदम उठाउने बताए । आफूहरुले अर्को हप्ता हाइकोर्टम अपिल गर्नसक्ने बताए । यसअघि मुम्बईको मेट्रोपोलिटन मजिस्ट्रेट कोर्टले बिहिबार निर्णय रिजर्भ राखेको थियो । ८ सेप्टेम्बरमा मजिस्ट्रेट कोर्टले जमानत याचिका खारेज भएपछि रियाले मेट्रोपोलिटन मजिस्ट्रेट कोर्टमा अपिल गरेकी थिइन् । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले रियालाई ८ सेप्टेम्बरमा गिरफ्तार गरेको थियो । उता प्रवर्तन निर्देशनालय (इडी) ले रियाविरुद्ध नयाँ मुद्दा दर्ता गर्ने सम्भावना छ ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

प्रतिकृयाहरू
...