Saturday 10th October 2026

कुवेतको महाबुल्लाबाट मदिरा उत्पादन केन्द्र सन्चालन गर्ने ८ नेपाली पक्राउ, देश निकाला गरिने


हरि कृष्ण न्यौपाने – कुवेतको अहमदी प्रहरी सुरक्षाकर्मीहरूले कुवेतको महाबुल्ला भन्ने ठाउँमा नेपालीहरु द्वारा संचालित घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ । त्यहाँबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने ८ नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुवेतको अनलाइन समाचार अरब टाइम्समा ९ सेप्टेम्बर २०२० का दिन प्रकाशित समाचारमा तीन वटा अपार्टमेन्ट भाडामा लिएर मदिरा उत्पादन केन्द्र संचालन गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरिएको जनाए पनि पक्राउ पर्नेहरुको परिचय र अन्य विवरण भने खुलाईएको छैन ।

समाचारमा भनिएको छ “अबैधानिक काम गरिरहेको सुचनाका आधारमा कुवेत प्रहरिले  घरेलु मदिरा उत्पादन केन्द्रमा छापा मारेको हो । घरेलु मदिरा उत्पादन केन्द्रबाट मदिरा उत्पादनमा प्रयोग गरिने  उपकरणहरु र ठूलो संख्यामा तयारी अबस्थामा रहेको मदिरा समेत जफत गरिएको छ । उनीहरुलाई कानुनी प्रकृया पूरा गरि डिपोर्टेशन सेन्टरमा पठाइने र  देश निकाला (डिपोर्ट) गरिने छ ।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...