लोक छन्द: बालोरी (बाल गीत)
“कुरा गर्छन कसरी, भँगेरा र भँगेरी जस्तै गाउन मिल्ने” ।
कवि लेख्ने कविता, ज्ञान छर्ने सविता,
जहाँ रवि नपुग्ने,त्यहाँ पुग्ने उनी त ।
आफू आफै भोगेको, समाजमा घटेको ।
दुई आँखा देखेको, कवितामा टिपेको । १ ।????
ऐना जस्तै गरेर, समाजका घटना ।
सत्य सत्य कुराको, गरिकन उत्थान ।
स्वच्छ मनोभावना, भलाईको चाहना ।
सानो ठूलो सबैको, घरका ती जहाँन । २ ।????
हाँस्य, ब्यङ्ज्ञ, कटाक्ष,समयको सापेक्ष ।
अर्को पक्ष मायाको, देखिने छ अबश्य ।
अरुले खै के भन्छ, गरिदिन्छ बेवास्ता ।
आफ्नो कुरा छर्लङ्ग खोले पछि सुबिस्ता । ३ ।????
कवि मन मायालु, कवि धेरै दयालु ।
कतै रुप बूढाको कतै बन्छ बैँसालु ।
कतै कवि हँसायो, कतै कवि रुवायो
कतै रीस उठायो, कतै मान्छे जुटायो । ४ ।????
कवि झुटो बोल्दैन, अत्याचार गर्दैन।
ऐना जस्तै छर्लङ्ग, धन्दा मान्नु पर्दैन ।
कविताको आरती,कविता नै सारथि ।
कविका ती कविता,आऊ पढौँ हे साथी।५।????
हरि शर्मा (गलकोटे कवि)
गलकोट-बागलुङ, नेपाल
मिशिगन अमेरिका ।