Saturday 4th October 2025

सुन तस्करी प्रकरणमा पत्रकार पनि पक्राउ


तितोपाटी – सुन तस्करीबारे अनुसन्धान गरिरहेको सरकारी समितिले पत्रकार गणेशप्रसाद अधिकारीलाई पक्राउ गरेको छ ।

हिन्दु साप्ताहिक सञ्चार संस्थाको तर्फबाट सूचना विभागको पत्रकार परिचय–पत्र बोकेका अधिकारीलाई काठमाडौं प्रहरी परिसरले बरामद गरेको ३ केजी सुन प्रकरणमा पक्राउ गरिएको बताइएको छ ।

यसअघि १६ असारमा नागढुंगाबाट ३ केजी सुनसहित ५ जना पक्राउ परेका थिए । परिसरले यूएईबाट आएको सुनसहित उनीहरुलाई पक्राउ गरेसँगै सरकारी समितिले चासो दिएको थियो । र, अनुसन्धान थालेको थियो ।

त्यस क्रममा पक्राउ परेका व्यक्तिसँग कनेक्सन देखिएको आरोपमा अधिकारीलाई समितिले पक्राउ गरेको हो । हाल उनलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ ।

सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

सोही घटनामा समितिले दिनेश घिमिरे र दीपक श्रेष्ठलाई पनि पक्राउ गरेको स्रोतको भनाइ छ । घिमिरेलाई प्रहरी वृत्त, कमलपोखरी र श्रेष्ठलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेपाली क्रिकेटका चर्चित  सन्दिप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम २ खेलका लागि निलम्बनमा परेको खुलेको छ । नेपाल क्रिकेट…

दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी-२० सिरिज नेपालले जितेको छ। तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो। सुरुका…

आश्विन शुक्ल नवमीका दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष…

प्रतिकृयाहरू
...