Thursday 20th August 2026

कोरोनाबाट थप तीन जनाको मृत्यु


तितोपाटी- कोरोना भाइरस संक्रमणबाट थप तीन जनाो मृत्यु भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ जना र बुटवल कोरोना अस्पतालमा एक जनाको मृत्यु भएको हो।

शिक्षण अस्पतालका अनुसार काठमाडौं मैतिदेवीका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिलाको मंगलबार साँझ कोरोना संक्रमणको कारण मृत्यु भएको हो। सुगर प्रेसर जस्ता दीर्घरोग भएको ७५ वर्षीय पुरुष गत १५ गते अस्पताल भर्ना भएका थिए।

त्यस्तै २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो। डायलासिस गराइरहेकी उनी १६ गते नै भर्ना भएकी थिइन्। दुवै जनाको आइसियूमा उपचार भइरहेको थियो।

यसैबीच कपिलवस्तु नगरपालिका वडा नम्बर ११ की ६० वर्षीया महिलाको कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ। उनको उपचारका क्रममा बुधबार (आज) बिहान मृत्यु भएको बताइएको छ।

कोरोना पोजेटिभ देखिएपछि भदौ ७ गते अस्पताल भर्ना भएकी उनको सोही दिनदेखि आइसियूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालले जनाको छ।

संक्रमित महिलामा उच्च रक्तचापलगायत दीर्घ रोग रहेको र संक्रमणपछि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या देखिएको जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

चीनमा निर्मित COMAC C919 यात्रुवाहक विमानले पहिलो पटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान पूरा गरेको छ। अगस्ट १२, २०२६ मा Air…

संयुक्त अरब इमिरेट्स (यूएई) र इरानबीच नयाँ विवाद उत्पन्न भएपछि मध्यपूर्वमा तनाव थप बढेको छ। बुधबार बिहान, अगस्ट १९, इरानी…

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

प्रतिकृयाहरू
...