Tuesday 13th October 2026

पाँच अन्तर्राष्ट्रिय उडानबाट २६४ नेपाली स्वदेश फर्किए


तितोपाटी- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत् २६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका अनुसार सोमबार नेपाल एयरलाइन्सले दोहाबाट १३८ यात्रु ल्याएको छ।

सोही एयरलाइन्सको जहाजले कुवेतका लागि उडान भर्दा एक यात्रु लगेको छ। यस्तै हिमालय एयरलाइन्सले दोहाबाट १२६ यात्रु काठमाडौं ल्याएको छ। एयर अरेबियाको जहाजले ६ हजार ६५० कार्गो नेपाल ल्याएको छ।

यता नेपाल एयरलाइन्सको जहाज मंगलबार राति १ बजे जापानको नारिता उड्दैछ। नियमित उडानअन्तर्गत निगमको यो पहिलो उडान हो। नारिताबाट नेपाली लिएर बुधबार काठमाडौं फर्कने तालिका छ। आजै हिमालय एयरलाइन्सको जहाज कार्गो उडानका लागि चीनको कुनमिङ उड्ने विमानस्थलले जनाएको छ।

बुधबार पनि विभिन्न मुलुकबाट पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुँदैछन्। हिमालय एयरलाइन्स माल्दिम्भमा रहेका नेपालीलाई काठमाडौं ल्याउनेछ। सोही एयरलाइन्सले चीनको कुनमिङ र चोङकीङबाट कार्गो ल्याउनेछ। कतार एयरवेज दोहाबाट काठमाडौं आउने उडान तालिका छ।
आन्तरिकतर्फ मंगलबार विभिन्न एयरलाइन्सका सात चार्टर्ड उडान भएका छन्। समिट एयरले सिमिकोट, श्री एयरको हेलीले डोल्पा, प्रभुले लमजुङ मनाङ एयरले पोखरा, सिम्रिक एयरको हेलीले खोटाङ, तारा एयरले फाप्लु र एयरडाइनेष्टिले रुकुममा उडान भरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


सम्बन्धित शीर्षकहरु

चीनको इनर मङ्गोलियास्थित उलानकाब (Ulanqab) शहर कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासका लागि महत्वपूर्ण केन्द्रका रूपमा उदाउँदै गएको छ। केही वर्षअघिसम्म…

साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान…

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

प्रतिकृयाहरू
...