Tuesday 5th May 2026

गाउँ बस्तीको जनताका गायक रामजी बुढाथोकी


आर.बि. बुढाथोकी – गीत सङ्गीतको दुनियाँमा अहिलेका बहु चर्चित युबा गायक रामजी बुढाथोकी अहिले सबै सामु परीचित नाम हो । चर्चित लोक गीतहरु गाएर उनी जिल्लामा मात्र होइन नेपाल अधिराज्यभर चिनिएका छन । छोटो समयमा धेरै र स्तरिय गीतहरु गाएर सबैको मन जित्न सफल भएका छन् ।

‘हे मेरी कान्छु’ र ‘सिरु फुल्यो सेतै’ गीतबाट शिखर चुम्न पुगेका गायक बुढाथोकी पछील्लो समय तीज गीत तीजको बर्तबाट पनि निकै चर्चा कमाए । जसमा चर्चित गायिका सिता घिमिरेले उनलाई साथ दीएकी छिन र बहु चर्चित र सुन्दरी मोडल भनेर चिनिएकी अन्जली अधिकारीले अभिनय गरेकी छिन।

चर्चित गायक रामजी बुढाथोकीको जन्म २०४५ साल चैत्र १२ गते बुवा पदम बहादुर बुढाथोकी र आमा हिम कुमारी बुढाथोकीको कोखबाट रामेछाप जिल्ला खाडदेबी गाउ पालिका वार्ड न ६ टाहार टोलमा भएको थियो । परिवारका माइलो छोरा बुढाथोकीका एक दाई दिपक र दुई भाई प्रकाश र कैलाश छन। प्रारम्भिक शिक्षा र माद्यामिक शिक्षा आफ्नै गाउँमा पुरा गरेर उच्च शिक्षाको लागि राजधानी धाएका गयक त्यस समय गायक बन्छु भन्ने कुनै योजना थिएन र त्यती सजिलो पनि थिएन । मध्यम बर्गिय पारीवारमा जन्मिएका बुढाथोकी राजधानीमा स्थापित हुन त्यती सहज थिएन र त उनले नगरेका काम पनि धेरै कम मात्र होला । अन्तमा हार्डवयर पेशामा राम्ररी स्थापित भए पछी उनलाई होस आयो कि समाजका लागि पनि केही गरेर देखाउनु जरुरी छ जसले मलाई सधैं सम्झी रहुन ।

जसका कारण उनले गायकी पेशामा हात हाले र छोटो समयमा सफलताको शिखरमा पुगे । उनका गीतहरु लोकल बसमा होस या लामो दुरीको यात्रामा या त कुनै दोहोरी साझ मा होस या होटल रेस्टुरेन्ट मै किन नहोस,कल कारखाना होस यात कुनै निजी गाडी मै किन नहोस मज्जाले घनघन्ती बजिरहेका हुन्छन र सबैको मन मस्तिक्समा पुगेर गुनगुनाइ रहेका हुन्छ । दुरुस्त गाउले काठे भाकाले गाउँने र गाउ बेशीको कथाबेथालाई गीतमा समेट्ने हुँदा उनका गीत गाउ गाउ बस्ती बस्तीमा झन बढी चर्चित छन । उनले गाएका अधिकाम्स गीतहरु आफुले नै रचना गरेको हुने हुँदा गाउमा भोगेका दु:ख बेथालाई जस्ताको तस्तै उतार्ने हुँदा पनि बढी चलेका छन । रामेछाप जिल्लामा गायक जन्मिने कुनै नौलो त होइन तर दिर्घकालिन नहुँदा धेरै गायक गायिकाहरु बिस्तापित भएर गएका छन । तर रामजी बुढाथोकी भने बिगत आधा दशकदेखी यो लाइनमा जमेका जमै छन र अब लामो समय सम्म गीत संगितमा लागि रहने उनको प्रण छ ।

आफ्नो जिल्लालाई सबै सामु चिनाउनु पर्छ भनी न्याओचित ढंगबाट उनले शुरुमा रामेछाप जिल्ला र स्थानिय गाउका नाम तथा मठ मन्दिरलाई गीतमा समाबेश भएर प्रसम्सा बटुले भने पछील्लो समय समग्र रुपमा देशको नेत्रुत्व गरेर गीतहरु गाएका छन । गीत संगित र आफ्नो ब्यापारलाई समान्तर रुपमा अगी बढाएका कारण उनी दुबै पेशामा सफल मानिएका छन । आफ्नै पौरखले कमाएर उनले राजधानीमा राम्रो बास बनाएका छन भने आफ्नो गाउमा पनि एउटा पक्की घर बनाउन सफल भएका छन । कमै लोक गायक गयिकाहरुले कार चड्ने यो क्षेत्रमा शुरुका दिन देखी नै आप्नो निजी गाडी लिएर हिंड्न सक्ने हैसेत बनाएका छन । आफ्नो पेशामा सधैं इमान्दार र सकरात्मक सोच बोकेर अगी बढेका कारण उनी सानो उमेरमा सफता चुम्न सकेका हुन भन्नेमा कुनै दुई मत छैन । खाडदेबीको दर्शन गरुला,कालो कोठी,राम्रो रइछ रामेछाप,तिम्रो जल्को मेटिन्न कुनैले,टिका र जमरा,माली गाई जस्ता उनका चर्चित गीतले उनलाई चिनाउन मद्त पुर्याएको छ । उनको संगितमा निरन्तर साधनाका कारण प्राय सबै गीतहरु चलेका छन र सबैका लागि प्रेरणादायी छन । उनका सम्पूर्ण सफलतामा आफ्नी जिबन सङगीले पनि भरपुर साथ र सहयोग पुर्याएकी छिन ।


सम्बन्धित शीर्षकहरु

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

प्रतिकृयाहरू
...