Sunday 11th October 2026

केहि चोटिला मुक्तकहरू -राम भण्डारी


झोक चलेर आउँछ बिहानै सुरा लगाईदिउँ ।
सुन्ने कोहिछन् भने यिनका कुरा लगाईदिउँ ।
लाज लाग्दैछ यिनिहरु को लाछीपन देखेर
च्याप्प समातेर दुवै हातमा चुरा लगाईदिउँ ।

चाहिने सँग सँगै दिन्छ फाईदा र हानी दुबै ।
नाई कसैलाई भनिदैन जानी र सानी दुबै ।
कसलाई सम्झाउनु सबैले बुझेकै हुनुपर्छ ।
नभै नहुने,भए दुख दिने पानी र रानी दुबै ।

हात जोडी माफि माग्न पनि नमिल्ने ।
धर्ति छोडी टाढा भाग्न पनि नमिल्ने ।
यो कस्तो माहामारी पठायौ भगवान
रिसले चुर हुँदै जाइलाग्न पनि नमिल्ने ।

पारी डाँडाबाट काठमाडौंमा रेल ल्याउने रे ।
फेरि मेलम्ची बाट पानीको भेल ल्याउने रे ।
अब ढोका खुल्यो क्यारे हाम्रो समृद्धिको
ग्याँस पाईप घरघरै पाईपमै तेल ल्याउने रे ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...