Sunday 11th October 2026

केहि मन छुने मुक्तकहरू -राम भण्डारी


रातभर सुत्नै सकिएन मन दुःखेको छ ।
दिनभर उठ्नै सकिएन तन दुःखेको छ ।
मेचि देखि माहाकाली रोईरहेको बेला
पाउ टेक्नै सकिएन झन झन दुःखेको छ ।

सगरमाथा चढ्ने सिंढी कस्तो होला अब ।
फेरि आउने नयाँ पिंढी कस्तो होला अब ।
कसरी कट्ने होला जिवन धान्नै मुस्किल
छानो बिना चिसो छिंढी कस्तो होला अब ।

मेरो ईच्छा बिना यहाँ बोल्नुपर्छ भन्दिन म ।
मनका कुरा मेरो सामु खोल्नुपर्छ भन्दिन म ।
सुख खोज आफैं भित्र खुसी आफ्नै लागि
तिम्रो जिबन जोखिममा मोल्नुपर्छ भन्दिन म ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति…

यहि अक्टोबर १२ देखि १८ सम्म थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंकको वार्षिक बैठक हुँदैछ। बैठकमा विश्वभर…

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

प्रतिकृयाहरू
...