Tuesday 28th July 2026

देश ब्यापी लकडाउन हटे पनि जिल्लागत निषेधाज्ञा र लकडाउन बढ्दो


तितोपाटी – नेपाल सरकारले ४ महिना लामो लकडाउन साउन ६ गतेबाट हटाएको मुस्किलले २ हप्ता पनि बित्न नपाउँदै जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकारहरूले देशका विभिन्न भागमा लकडाउन शुरू गरे । कोभिड-19 को कारण देशभर जोखिम बढ्दै गएपछि अहिलेसम्म देशका आधा भन्दा बढि जिल्लाका जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले आंशिक तथा पुर्ण लकडाउन गरिरहेका छन् । सरकारले लकडाउन अन्त्य गर्ने समयमा संक्रामक रोग निर्मूल गर्न वा सो रोग रोकथाम गर्नका लागि आवश्यक व्यवस्था मिलाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरे पश्चात जिल्लागत रूपमा लकडानउ भइरहेका हुन् ।

हाल ४० वटा जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले आंशिक तथा जिल्लाभरि निषेधाज्ञा वा सिल गर्ने निर्देशन दिएको छ । देशभरि कोभिड-१९ संक्रमितको संख्या बढ्दै गएपछि जिप्रका र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिरहेका छन् । अधिकांश जिप्रकाले निषेधाज्ञाको अवधि तोकेका छन् भने केहीले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेका छन् ।

अहिलेसम्म सप्तरी, धनुषा, नुवाकोट, बाँके, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, बर्दिया, बझाङ, मोरङ, दार्चुला, झापा, कञ्चनपुर, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, रुपन्देही, कैलाली, मकवानपुर, कपिलवस्तु, धादिङ, रुकुम पश्चिम, धनकुटा, तनहुँ, उदयपुर, सुर्खेत, चितवन, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, बाग्लुङ र गोरखा जिप्रकाले अवधि तोकेर निषेधाज्ञा जारी गरेका छन् ।

बारा, पर्सा, जुम्ला, पाल्पा र रामेछापले अर्को आदेश नहुँदासम्मका लागि निषेधाज्ञा/सिल गरेका छन् । जिप्रका, पाल्पाले तानसेन नगरपालिका र जिप्रका रामेछापले रामेछाप नगरपालिका अर्को निर्णय नहुँदासम्मका लागि सिल गरेको छ ।

२८ स्थानीय सरकारद्वारा लकडाउन

आइतबार साँझसम्म संक्रमित संख्या २६ हजार ६६० र मृतक संख्या १०४ पुगेको छ । संक्रमित संख्या बढ्दै गएपछि स्थानीय सरकारहरूले लकडाउन घोषणा गरेका छन् ।

धनुषाको सबेला नगरपालिका, महोत्तरीको बर्दिबासका १, २, ७ र १४ नम्बर वडा, बलुवा नगरपालिकाको १ देखि ११ वडा र गौशाला नगरपालिकाको १-१२ वडामा लकडाउन गरिएको हो ।

सिरहाको मिर्चैया, लहान, गोलबजार, धनगढीमाई, सखुवानन्कारपट्टी, विष्णुपुर, लक्ष्मीपुरपतारी, सुखिपुर, भगावनपुर, बरियापुर र नरहामा जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रसँग समन्वय गरेर लकडाउन लगाएको छ ।

यस्तै, मोरङको बिराटनगर, सुन्दर हरैंचा, सुनवर्षी, बेलबारी, केराबारी, रतुवामाई, दार्चुलाको मार्मा, झापाको बिर्तामोड, रुपन्देहीको देवदह र बुटवल र कैलालीको कैलारीमा लकडाउन गरिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ५ को कोटालटोल र वडा नम्बर १९ को महरुहिटीमा अर्को निर्णय नभएसम्मका लागि लकडाउन गरेको छ ।
-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

प्रतिकृयाहरू
...