Sunday 18th January 2026

नेकपाका दुई अध्यक्षबीचको छलफल सकियो, छलफल सकारात्मक


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । छलफल पार्टीभित्र देखिएको समस्या समाधानका लागि सकारात्मक बनेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । पार्टीभित्रको समस्या समाधान गर्ने कोणबाट छलफल अघि बढेको उनले बताए ।

अध्यक्ष ओली र दाहालबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार घन्टा लामो छलफल भएको हो । उनीहरूबीच भोलि अर्थात् शुक्रबार पनि फेरि छलफल गर्ने तालिका राखिएको छ । दुई अध्यक्षबीच छलफल चलिरहँदा नेकपाका महासचिव विष्णु पौडेल र नेताहरू शंकर पोखरेल तथा जनार्दन शर्मा पनि बालुवाटार पुगेको बालुवाटार स्रोतले जनाएको छ । तर, उनीहरू अध्यक्षद्वयको छलफलमा सहभागी भए–नभएको भन्नेबारे स्रोतले केही खुलाएन ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...