Saturday 26th September 2026

नेकपाका दुई अध्यक्षबीचको छलफल सकियो, छलफल सकारात्मक


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । छलफल पार्टीभित्र देखिएको समस्या समाधानका लागि सकारात्मक बनेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । पार्टीभित्रको समस्या समाधान गर्ने कोणबाट छलफल अघि बढेको उनले बताए ।

अध्यक्ष ओली र दाहालबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार घन्टा लामो छलफल भएको हो । उनीहरूबीच भोलि अर्थात् शुक्रबार पनि फेरि छलफल गर्ने तालिका राखिएको छ । दुई अध्यक्षबीच छलफल चलिरहँदा नेकपाका महासचिव विष्णु पौडेल र नेताहरू शंकर पोखरेल तथा जनार्दन शर्मा पनि बालुवाटार पुगेको बालुवाटार स्रोतले जनाएको छ । तर, उनीहरू अध्यक्षद्वयको छलफलमा सहभागी भए–नभएको भन्नेबारे स्रोतले केही खुलाएन ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

रुसले युक्रेनसँगको युद्धमा सैनिकहरूको मनोबल बढाउन ६ सय वर्षभन्दा पुरानो सन्त योद्धा दिमित्री दोन्स्कोयको अवशेष युद्ध मोर्चामा पठाएको छ। रुसी…

खोटाङ–कुवेत सम्पर्क मञ्चको सातौँ अधिवेशन हिँजो २५ सेप्टेम्बर २०२६ शुक्रबार कुवेतको खैतानस्थित राजधानी होटलको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले अघिल्लो…

देशभर लगातार वर्षा भइरहेका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। मौसमविद्हरूले आगामी दुई दिन पश्चिमी क्षेत्रमा अझ धेरै…

प्रतिकृयाहरू
...