Tuesday 16th December 2025

राष्ट्रियसभाद्वारा विनियोजन विधेयक पारित


राष्ट्रियसभाको सोमबारको बैठकले विनियोजन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको हो । अर्थमन्त्री डा खतिवडाले आर्थिक विधेयक, २०७५ र राष्ट्र ऋण उठाउने विधेयक, २०७५ को प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । त्यसैगरी ऋण तथा जमानत (२२ औँ संशोधन) विधेयक, २०७५ पनि राष्ट्रियसभाको बैठकको बहुमतले स्वीकृत गरेको छ ।

बैठकमा सांसद अनिता देवकोटा, धनकुमारी खतिवडा, विन्दादेवी आले, प्रकाश पन्थ, जीतेन्द्रनारायण देव, बद्रीप्रसाद पाण्डे, तारादेवी भट्ट र रमेशजंग रायमाझीले प्रस्ताव गर्नुभएको भएको खर्च कटौतीको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गर्‍यो । राष्ट्रियसभाको अर्को बैठक मंगलबार अपराह्न ३ बजे बस्नेछ ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...