Saturday 22nd August 2026

नेपालमा पनि कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार


तितोपाटी – विश्वभर कोरोना संक्रमणका गम्भीर बिरामीहरूलाइ निको पार्ने सम्भावित उपायको रुपमा पनि लिईएको प्लाज्मा थेरापी विधि प्रभावकारी देखिएपछि नेपालमा पनि कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापी पद्दतिबाट शुरू गरिएको छ । यसका लागि नेपाल सरकारले १२ वटा अस्पताललाई कोरोना संक्रमणको गम्भीर बिरामीमा ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार गर्न अनुमति दिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जले यो पद्दतिबाट उपचार शुरू गरेको छ ।

नेपाल सरकारले धुलिखेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, टिचिङ, पाटन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगन्ज मेडिकल कलेज, कोसी, नारायणी, भक्तपुर, भेरी र सेती अस्पताल तथा  मेडिसिटी, ग्रान्डी र ह्याम्स लगायतका निजि अस्पताललाइ प्लाज्मा थेरापी पद्धतिबाट उपचार गर्न अनुमति दिएको हो ।

अब यी अस्पतालहरूले कोरोना संक्रमणको गम्भीर बिरामीलाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्न सक्छन् तर त्यसको लागि दाता र संक्रमित बिरामी दुबैको स्वीकृति लिनु पर्ने हुन्छ ।

यसरी प्लाज्मा दान गर्ने व्यक्तिको लागि परिषद्ले एउटा मापदण्ड तोकेको छ।

पहिलो कुरा भनेको प्लाज्मा दान गर्ने व्यक्तिले रक्तदान गर्नुपूर्व कम्तिमा १४ दिन अगाडि उनमा संक्रमणको कुनै लक्षण देखिनु हुँदैन। साथै दाताको संक्रमण पुष्टि आरटी पिसिआर विधिबाटै भएको हुनुपर्छ। यस्तै दाता र प्लाज्मा लिने व्यक्तिको रगत समूह पनि मिलेको हुनुपर्छ।

परिषद्ले प्लाज्मा लिने बिरामीको लागि पनि मापदण्ड तोकेको छ।

पहिलो कुरा प्लाज्मा थेरापीबाट उपचार गर्न लागिएको बिरामी १८ वर्ष माथिको हुनुपर्छ। साथै संक्रमित अस्पताल भर्ना भई उपचार भएको र निजको अवस्था पनि गम्भीर हुनुपर्छ।

जुन एन्डिबडीको काम भनेको भाइरससँग लड्नु हो र फेरि भाइरसबाट हुनसक्ने आक्रमणलाई प्रतिरक्षा गर्नु हो। यसरी उत्पादन भएको एन्टिबडीबाटै बनेको प्लाज्मा कोरोना संक्रमणको गम्भीर बिरामीको उपचारमा प्रयोग गरिन्छ।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

काठमाडौं — नेपाल सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानबीच शनिबार १४ बुँदे सहमति…

टर्की र पाकिस्तानबीच बढ्दो सैन्य तथा रणनीतिक सहकार्यका बीच इजरायली रणनीतिक विश्लेषकहरूले NATO को Article 5 को दायराबारे नयाँ कानुनी…

साउदी अरबको कच्चा तेल बोकेको ‘SERENO’ नामक तेल ट्यांकरले अमेरिकी समर्थनमा सञ्चालन गरिएको सुरक्षा करिडोर प्रयोग गर्दै होर्मुज जलडमरूमध्य पार…

प्रतिकृयाहरू
...