Tuesday 13th October 2026

म्याग्दीका बाढीपहिरो पीडितलाई मोना कुवेतको सहयोग (विवरण सहित)


म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले म्याग्दीका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ ।

कुवेतमा कार्यरत नेपालीहरु, मोना कुवेतका पदाधिकारी र सदस्य लगायतबाट संकलन गरिएको रकम ७७६ कुवेती दिनार अर्थात नेपाली दुई लाख अन्ठानब्बे हजार दुई सय बयसठ्ठी रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

म्याग्दीको विभिन्न स्थानमा गत दुई हप्ता पहिले अविरल वर्षाका कारण बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नस्थापना तथा राहातका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले संकलन गरेको रकम मोना आईईसीको खातामा पठाएको उपाध्यक्ष तथा “आर्थिक सहयोग सङ्कलन अभियान” का संयोजक मान बहादुर फगामीले बताउनु भएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको मातहतमा सम्पूर्ण देशका राष्ट्रिय कार्यकारी समितिले संकलन गरेको आर्थिक सहयोग रकम एकद्वार प्रणालीबाट जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा बाढीपहिरोबाट विस्थापित भई घर, जग्गा नभएकाको लागि मोना नमुना बस्ती बनाउने र जग्गा भएकाको लागि घर बनाउने तयारी गरिरहेको छ । भने म्याग्दीका विभिन्न ठाउँका बाढीपहिरो पीडितलाई राहात पनि वितरण गर्दै आएको मोना कुवेत अध्यक्ष प्रेम बहादुर बिश्वकर्माले बताउनु भएको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका, मालिका गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, मंगला गाउँपालिका लगायतका स्थानमा गत २ हप्ता पहिले अविरल वर्षाका कारण बाढीपहिरोले ठुलो मात्रामा जनधनको क्षति पुर्याएको थियो । बाढीपहिरोमा परी २९ जनाले ज्यान गुमाएका थिए भने अझै केही बेपत्ता र बाढीपहिरोबाट धेरै मात्रामा विस्थापित भएका छन् । विश्वभर कोरोनाको महामारीले आक्रान्त पारिरहेको यो गम्भिर परिस्थितिमा पनि आफ्नो र परिवारको गास काटेर बाढीपहिरो पीडितलाई सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई मोना कुवेतले धन्यवाद प्रकट गरेको छ । साथै कुवेतमा कार्यरत नेपालीहरूले माेना कुवेत मार्फत म्याग्दीका बाढीपहिरो पीडितलाई सहयाेग गर्न चाहनु हुन्छ भने माेना कुवेतका पदाधिकारीलाई सम्पर्क गर्न सक्नु हुनेछ् ।
सहयाेगीहरूकाे नामावली यस प्रकारकाे रहेकाे छ ।

Name Lists


सम्बन्धित शीर्षकहरु

साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान…

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

प्रतिकृयाहरू
...