Monday 22nd June 2026

मोना कुवेतले जुटायो बाढीपहिरो पीडितका लागि दुई लाख पचासी हजार भन्दा बढी आर्थिक सहयोग


तिताेपाटी – म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नस्थापना तथा राहातका लागि ७४२.७५० कुवेती दिनार अर्थात् नेपाली झण्डै दुई लाख पचासी हजार भन्दा बढी आर्थिक सहयोग जुटाएको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ, मालिका गाउँपालिका–७ लगायत अन्य स्थानमा बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नस्थापना तथा राहातका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले उपाध्यक्ष मन बहादुर फगामीको संयोजकत्वमा संचालन गरिएको “आर्थिक सहयोग सङ्कलन अभियान” मा मोना कुवेतका पदाधिकारीहरुको रोहवरमा सो रकम १२ दिनको अवधीमा जुटाइएको हो ।

म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ, मालिका गाउँपालिका–७ लगायत अन्य स्थानमा अविरल वर्षाका कारण बाढीपहिरोले ठुलो मात्रामा जनधनको क्षति पुर्याएको थियो । बाढीपहिरोमा परी २९ जनाले ज्यान गुमाएका थिए भने अझै केही बेपत्ता र बाढीपहिरोबाट धेरै मात्रामा विस्थापित भएका छन् ।

विश्वभर कोरोनाको महामारीले आक्रान्त पारिरहेको यो गम्भिर परिस्थितिमा पनि आफ्नो र परिवारको गास काटेर बाढीपहिरो पीडितलार्इ सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई मोना कुवेतले धन्यवाद प्रकट गरेको छ । आर्थिक सहयोग सङ्कलन अभियानबाट संकलन गरिएको रकम छिट्टै नै मोना आईईसीको खातामा जम्मा गरी एकद्वार प्रणालीबाट बाढीपहिरो पीडितलाई सहयोग गर्ने मोना कुवेतका अध्यक्ष प्रेम बहादर बिश्वकर्माले बताउनु भएको छ ।

बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नस्थापना तथा राहातका लागि संचालन गरेको “आर्थिक सहयोग सङ्कलन अभियान” अन्तिम चरणमा पुगेको मोना कुवेतका उपाध्यक्ष तथा “आर्थिक सहयोग सङ्कलन अभियान” का संयोजक मान बहादुर फमागीले बताउनु भएको छ ।

सम्बन्धित शीर्षकहरु

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा विकास निर्माणका काममा भएको ढिलाइ, रिङरोड विस्तार, फोहोर व्यवस्थापन, सडक, विद्युत् र विभिन्न…

प्रतिकृयाहरू
...