Tuesday 23rd December 2025

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजारबाट उकालो लाग्यो, थप २ जनाको मृत्यु


तितोपाटी -नेपालमा कोरोना संक्रमितको संख्या १८ हजारबाट उकालो लागेको छ । कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएर १८०९४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३६८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २०७ जना कोरोना जितेर घर फर्केका छन् भने २ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल १२६८४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि धनुषाका ६० वर्षीय १ पुरुष र पोखरा बस्दै आएकी ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाको कारण ज्यान गएको छ भने अहिलेसम्म ४२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख २७ हजार ६ साय १४ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा २० हजार ८ सय ४२ जना रहेका छन् । नेपालका ७७ जिल्ला मध्ये हाल भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ जिल्लामा एक जना पनि संक्रमित छैनन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ५१ लाख ७५ हजार भन्दा बढि संक्रमित भइ ९१ लाख ७२ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख २१ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...