Sunday 11th January 2026

पुनर्निर्माण प्राधिकरणका सिइअो अाजदेखि पदमुक्त


तितोपाटी – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसाल पदमुक्त भएका छन् । अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय सरकारले गरेपछि भुसाल आइतबारबाट पदमुक्त भएका हुन् ।

प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा भुसाल पदमुक्त भएको जानकारी गराएको थियो । तर, भुसालले प्रधानमन्त्री कार्यालयको पत्र बुझेका थिएनन् ।

उनले भने, ‘शुक्रबार पाँच बजेर तीन मिनेट छँदा मलाई प्रधानमन्त्री कार्यालयको सचिवले फोन गर्नु भएको थियो । शुक्रबार छिटो कार्यालय समय सकिने भएकाले आज त्यहीँ राखिदिनुस् अब आइतबार बुझौंला नी भनें । आज गएर पत्र बुझ्नुपर्ला ।’

नेपाली कांग्रेस निकट भुसाल गत वर्ष कात्तिक ६ गते प्राधिकरणको सीईओ नियुक्त भएका थिए । कांग्रेस नेतृत्वको सरकारको पालामा पाँच महिना र कम्युनिष्ट नेतृत्वको सरकारको पालामा चार महिना काम गरेको बताउँदै उनले दुवै सरकारबाट आफू सन्तुष्ट भएको बताए ।

उनले भने, ‘पत्रमा कस्तो भाषा प्रयोग भएको छ त्यो त हेर्न बाँकी छ तर सरकारको नीतिगत निर्णयलाई सम्मान गर्छु ।’

प्राधिकरणको ऐनमा सीईओलाई जुनसुकै बेला सरकारले हटाउन सक्ने उल्लेख छ । तर, त्यसअघि स्पष्टीकरणको मौका दिनुपर्ने व्यवस्था ऐनमा छ ।

सीईओ भुसालले आफ्नो ९ महिने कार्यकाल सफल भएको दावीसमेत गरे ।

यसअघि परामर्श समिति र निर्देशक समितिको बैठकबारे छलफल गर्न बालुवाटार पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भेट नदिइ भुसाललाई फर्काइदिएका थिए ।

तीन वर्षको अवधिमा प्राधिकरणको नेतृत्व चार पटकसम्म फेरिइसकेको छ । अब पाँचौ सीईओ नियुक्तिको तयारीमा सरकार लागेको छ । आजै मन्त्रिपरिषद बैठक पनि बस्दै छ ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना…

प्रतिकृयाहरू
...