Saturday 2nd May 2026

पुनर्निर्माण प्राधिकरणका सिइअो अाजदेखि पदमुक्त


तितोपाटी – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसाल पदमुक्त भएका छन् । अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय सरकारले गरेपछि भुसाल आइतबारबाट पदमुक्त भएका हुन् ।

प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा भुसाल पदमुक्त भएको जानकारी गराएको थियो । तर, भुसालले प्रधानमन्त्री कार्यालयको पत्र बुझेका थिएनन् ।

उनले भने, ‘शुक्रबार पाँच बजेर तीन मिनेट छँदा मलाई प्रधानमन्त्री कार्यालयको सचिवले फोन गर्नु भएको थियो । शुक्रबार छिटो कार्यालय समय सकिने भएकाले आज त्यहीँ राखिदिनुस् अब आइतबार बुझौंला नी भनें । आज गएर पत्र बुझ्नुपर्ला ।’

नेपाली कांग्रेस निकट भुसाल गत वर्ष कात्तिक ६ गते प्राधिकरणको सीईओ नियुक्त भएका थिए । कांग्रेस नेतृत्वको सरकारको पालामा पाँच महिना र कम्युनिष्ट नेतृत्वको सरकारको पालामा चार महिना काम गरेको बताउँदै उनले दुवै सरकारबाट आफू सन्तुष्ट भएको बताए ।

उनले भने, ‘पत्रमा कस्तो भाषा प्रयोग भएको छ त्यो त हेर्न बाँकी छ तर सरकारको नीतिगत निर्णयलाई सम्मान गर्छु ।’

प्राधिकरणको ऐनमा सीईओलाई जुनसुकै बेला सरकारले हटाउन सक्ने उल्लेख छ । तर, त्यसअघि स्पष्टीकरणको मौका दिनुपर्ने व्यवस्था ऐनमा छ ।

सीईओ भुसालले आफ्नो ९ महिने कार्यकाल सफल भएको दावीसमेत गरे ।

यसअघि परामर्श समिति र निर्देशक समितिको बैठकबारे छलफल गर्न बालुवाटार पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भेट नदिइ भुसाललाई फर्काइदिएका थिए ।

तीन वर्षको अवधिमा प्राधिकरणको नेतृत्व चार पटकसम्म फेरिइसकेको छ । अब पाँचौ सीईओ नियुक्तिको तयारीमा सरकार लागेको छ । आजै मन्त्रिपरिषद बैठक पनि बस्दै छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपतिको कार्यालय अहिले केवल औपचारिक संस्था होइन, नेपालको संवैधानिक शक्ति-सन्तुलनको केन्द्रबिन्दु बनेको छ। Ram Chandra Poudel ले मन्त्रिपरिषद्ले सिफारिस गरेका…

तितोपाटी- सरकारले फेरि अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको छ।बुधबार यातायात व्यवस्था विभागले एक…

तितोपाटी- राष्ट्रिय सभामा नेपाली  कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले…

प्रतिकृयाहरू
...