रोजिना ढुंगाना – एकल नारीहरुकोको संख्या नेपालमा धेरै छ । निम्न वर्गका एकल महिलाहरुमा आफु र आफ्नो परिवारको पालन पोषण गर्नु पर्ने जिम्मेवार आएको हुन्छ, जस्मा पैसाको अति आवस्यकता पर्छ। गरिब , गैर जिम्मेवार लोग्नेबाट पीडित , कम पढेलेखेका दिदी बहिनीहरु आफ्नो आवस्यकता पुरा गर्न अथवा गास, बास र कपासको लागि साथै आफ्ना लाला बालाको उज्वल भबिष्यको लागि वैदेशिक रोजगार अपनाउन बाध्य हुन्छ्न्।
आजको २१औँ सताब्दीमा पनि विदेशिन बाध्य यस्ता विवश नारीहरुलाइ हेर्ने हाम्रो गाँउ , समाजको नजरिया भने सधैँ नकरात्मक नै हुन्छ। पुरुषहरु सँग बराबरी काम गर्न सक्ने नारीको हिम्मत, सान र इज्जत माथि नजर -अन्दाज गर्ने हाम्रो समाजले नेपाल मै केहि ब्यवस्था गरिदिए सबैले सलाम ठोक्ने थिए।
नेपाल सरकार देखि गाँउका नेताहरु सम्म आफ्नै गोजी भर्नमा ब्यस्त छ्न् । गाउँका असक्त, विपन्न एकल महिलाको सामाजिक सुरक्षा तथा समग्र विकासको लागि छुट्याएको रकमबाट घुस्याहाले गाउँमै घर बनाए । नेपाली जनताले गास काटेर दिएको करले पनि आफ्नाे भुडी नै ठुलो बनाए । ‘जुनै जोगी आए पनि कानै चिरिएको’ भने झै महिलाहरुको हित निम्ति कहिल्यै केहि भएनन्।गाउँ गाउँमा सीपमुलक तालिमहरु दिनु पर्ने, क्षमता अनुसारको जागिर दिन पर्ने केहि छैन …बरु जागिर को नाउमा गिद्धे नजर लाउनेहरु प्रसस्त भेटिन्छ्न् । दश हजारको जागिर पाउन पनि धेरै ठाउँमा हेपिनु पर्छ, स्वार्थ बिना पाइलो सर्दैनन् ठुला बडा भनाैदाहरुको। जागिर कै नाममा शरीर नै सुम्पनु पर्ने जस्ता घिन लाग्दा प्रस्ताबहरू समेत आउँछ्न् बाबु समान उमेरका ब्वासाहरुबाट ।
यस्तो बध्यतामा पनि छोरीहरु विदेश गएको देख्न नसक्ने हाम्रा आदरणीय दाजु भाइहरुले एक जुट हुने बेला आएको छ ।छोरीहरु विदेश जाने रहर नभै बाध्यता हो भन्ने नबुझ्नेहरुले अघि सर्नु पर्यो, देखाउनु पर्यो सहयोग गरेर । परिवार सबैलाइ उत्तिकै प्यारो हुन्छ साथै आफ्नो मातृभूमि पनि । मुख मात्र चलाउने बानी परेकाहरुलाइ भनिदिए मात्र पुग्छ तर कारण र बाध्यता जान्ने चासो कसैको हुँदैन्। अझ विदेश गैसकेका नारीहरुलाइ गाँउकै दाइ भाइले पनि कु दृस्टिले नै हेर्छन् । यौन धन्दा सिकेरै आएका भन्न समेत पछि पर्दैनन् । नेपाली नारीहरू राष्ट्रपति, सभामुख र प्रधानन्यायधिश सम्म भै सक्दा पनि नारीलाइ एउटा भोग्य साधन र खेलाैनाको रूपमा मात्रै हेर्नु नेपाली समाज भित्रको एक निकृष्ट सोच र सामाजिक बिडम्बना हो ।
नारीलाइ बिदेशमा यस्तो हुन्छ र उस्तो हुन्छ भनेर सुख्खा भाषण दिनेहरु देखि दया…लागेर आउँछ । ताल परे सिकारी उनिहरु नै हुन्छ्न् तर विदेशमा त त्यस्तो केहि हुँदैन । एकाध कोही कसैमा त्यस्तो घटना घटि हाले पनि विदेशमा स्वेच्छाले नै बस्न पाएका छन् दिदी बहिनीहरूले । बरु नेपाल मै होला पाँच वर्षे शिशु देखि सत्तरी वर्षीया हजुरआमाले सम्म बलात्कृत हुन पर्छ। अपराधीले पनि प्रसस्त पैसा पेलेमा सजायँ समेत भोग्न नपर्ने ।
आफ्नो इच्छा बिपरित कुनै राम्रा या नराम्रा काम गर्नु पर्दैन बिदेशमा भनेर कस्ले बुझाउने ? होला एउटा , दुइटा घटना अलग हो त्यो पनि छोरी मान्छे दरो भएर आवाज निकाल्न सक्यो भने फाँसीको सजाय सम्म हुन्छ ।, कानुन विदेशमा कानून कार्यन्वयन पक्का छ । ‘आफु भलो त जगत भलो’ भने झैं मैले बुझे र जाने अनुसार जो जस्तो छ अरुलाइ त्यस्तै देख्दछ, त्यस्तै ज्ञान दिन्छ अर्थात् जानेको ने सिकाउने हो।
म नारीवादी होइन, समाजमा घटको घटनाको वास्तविकता मात्रै ओकलेको हुँ । मैले नारीको बारेमा मात्रै होइन पुरुषको बारेमा पनि धेरै बोलेकि छु र लेखेकी पनि छु। गल्ति नारी या पुरुष दुबै बाट हुन्छ अनि गल्ति कसैले जानेर गर्दैन । सबैको आफ्नै परिस्थिति बाध्यता र समयले गराउँछ। कसैले रहरले नै गर्यो भने पनि एउटाको गल्ति सारा नेपाली नारि माथि थोप्न पनि मिल्दैन।
त्यसैले सहयोग र सद्भावना बाडौँ । बोल्नु अघि मनन गरौँ तपाइंको तुच्छ बोलीले तपाइंको पुरा परिचय दिएको हुन्छ। असल मित्रको स्ंगत गरौँ। लैंगिक विभेद अन्त्य गराैं ।