Wednesday 27th August 2025

साउदीमा एक नेपाली कामदारको जलेर मृत्यु


तितोपाटी – रोजगारीका लागि साउदी पुगेका रोल्पा कुरेलीका एक युवकको जलेर मृत्यु भएको छ। परिवर्तन गाउँपालिका–१ कुरेली तरानका २३ वर्षीय रामचन्द्र पुनमगरको उपचारको क्रममा मृत्यु भएको हो।

असार २ गते कार्यस्थलमै उनी जलेर घाइते भएका थिए। उनको उपचारको क्रममा असार १८ गते अस्पतालमै मृत्यु भएको कुरेली समाज साउदीका अध्यक्ष सुरेश रोकाले जानकारी दिए।

मृतककी आमा सम्जिताका अनुसार नियमित ड्युटीका क्रममा मेसिन सफा गर्दै गर्दा विद्युत विद्युत सर्ट भएर उनी गम्भीर घाइते भएको खबर आएको थियो। घाइते पुनमगरको साउदीको रियादस्थित केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनका स्वास्थ्य उपचारका लागि छिमेकी खमबहादुर, हुकुमसिंह, सुरेश रोकाले ठूलो पहल गरे पनि बचाउन नसकिएको बताए।

आगोले शरीर पुरै जलेकाले उनको उपचार सम्भव नभएको अस्पतालले बताएको छ। गरिबीले विदेशिएको जेठो छोरा जलेर अस्पताल भर्ना भएको खवर सुनेपछि कुरेलीमा रहेका बुबा वीरबहादुर र आमा सम्जिताको परिवार विक्षिप्त बनेको थियो। मृत्युको खवरले परिवारका सबै सदस्यको गहिरो दुःखमा छन्।

‘ऋणको बारेमा चिन्ता नगर्नु बुबा आमा। म पैसा कमाएर आउँछु। अब तपाईंहरुले दुःख गर्नु पर्दैन भनेर फोन गरिराख्थ्यो’, आमा सम्जिताले रुदै भनिन्, ‘ऊ आपैm बाक्सामा फर्कने भयो। छोराको सपना अधुरै रह्यो।’

रामचन्द्र साउदी गएको ३१ महिनामात्र पुगेको छ। मृतकका बुबा बेहोस अवस्थामा छन्। मृत्युको खवर सुनेपछि मृतकको घरमा गाउँले र आफन्तको भिडभाड छ। ‘परिवारलाई सम्हालन गाह्रो भएको छ,’ सम्जिताका भेनाजु टेकप्रसाद घतीले भने। परिवारका सदस्यले छोराको शव छिटो स्वदेश ल्याइदिन सरकारसँग माग गरेका छन्। मगर काठमाडौंको वाइड होराइजन ओभरसिज म्यानपावरबाट साउदी पुगेका थिए।

दुई छोरामध्ये कान्छो भुपेन्द्र पनि कतार गएका थिए। बुधबार मात्र उनी स्वदेश (काठमाडौं) फर्किएका छन्। बहिनी मिना कक्षा १० मा अध्ययनरत छिन्। जेठो छोरा नेपाल फर्केपछि विवाह गरिदिने सोचमा रहेका बुबाआमाको सपना अधुरै रहेको छ। जेठो छोरा विदेश जाँदा लागेको ऋणबाट उनीहरु अझै मुक्त भएका छैनन्।


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...