Thursday 18th June 2026

साउदीमा एक नेपाली कामदारको जलेर मृत्यु


तितोपाटी – रोजगारीका लागि साउदी पुगेका रोल्पा कुरेलीका एक युवकको जलेर मृत्यु भएको छ। परिवर्तन गाउँपालिका–१ कुरेली तरानका २३ वर्षीय रामचन्द्र पुनमगरको उपचारको क्रममा मृत्यु भएको हो।

असार २ गते कार्यस्थलमै उनी जलेर घाइते भएका थिए। उनको उपचारको क्रममा असार १८ गते अस्पतालमै मृत्यु भएको कुरेली समाज साउदीका अध्यक्ष सुरेश रोकाले जानकारी दिए।

मृतककी आमा सम्जिताका अनुसार नियमित ड्युटीका क्रममा मेसिन सफा गर्दै गर्दा विद्युत विद्युत सर्ट भएर उनी गम्भीर घाइते भएको खबर आएको थियो। घाइते पुनमगरको साउदीको रियादस्थित केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनका स्वास्थ्य उपचारका लागि छिमेकी खमबहादुर, हुकुमसिंह, सुरेश रोकाले ठूलो पहल गरे पनि बचाउन नसकिएको बताए।

आगोले शरीर पुरै जलेकाले उनको उपचार सम्भव नभएको अस्पतालले बताएको छ। गरिबीले विदेशिएको जेठो छोरा जलेर अस्पताल भर्ना भएको खवर सुनेपछि कुरेलीमा रहेका बुबा वीरबहादुर र आमा सम्जिताको परिवार विक्षिप्त बनेको थियो। मृत्युको खवरले परिवारका सबै सदस्यको गहिरो दुःखमा छन्।

‘ऋणको बारेमा चिन्ता नगर्नु बुबा आमा। म पैसा कमाएर आउँछु। अब तपाईंहरुले दुःख गर्नु पर्दैन भनेर फोन गरिराख्थ्यो’, आमा सम्जिताले रुदै भनिन्, ‘ऊ आपैm बाक्सामा फर्कने भयो। छोराको सपना अधुरै रह्यो।’

रामचन्द्र साउदी गएको ३१ महिनामात्र पुगेको छ। मृतकका बुबा बेहोस अवस्थामा छन्। मृत्युको खवर सुनेपछि मृतकको घरमा गाउँले र आफन्तको भिडभाड छ। ‘परिवारलाई सम्हालन गाह्रो भएको छ,’ सम्जिताका भेनाजु टेकप्रसाद घतीले भने। परिवारका सदस्यले छोराको शव छिटो स्वदेश ल्याइदिन सरकारसँग माग गरेका छन्। मगर काठमाडौंको वाइड होराइजन ओभरसिज म्यानपावरबाट साउदी पुगेका थिए।

दुई छोरामध्ये कान्छो भुपेन्द्र पनि कतार गएका थिए। बुधबार मात्र उनी स्वदेश (काठमाडौं) फर्किएका छन्। बहिनी मिना कक्षा १० मा अध्ययनरत छिन्। जेठो छोरा नेपाल फर्केपछि विवाह गरिदिने सोचमा रहेका बुबाआमाको सपना अधुरै रहेको छ। जेठो छोरा विदेश जाँदा लागेको ऋणबाट उनीहरु अझै मुक्त भएका छैनन्।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...