Saturday 18th July 2026

नेपालमा कोरोना अपडेटः जम्मा संक्रमित १११६२, निको हुनेको संख्या २६५० र २६ जनाको मृत्यु


तितोपाटी – नेपालमा अहिले सम्म कुल १११६२ जना कोरोना संक्रमित भएका भइ २६५० जनाले कोरोनालाइ जितेका छन् भने २६ जनाको ज्यान गएको छ । विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३१२ जनाले कोरोना जितेर घर फर्केका छन् र २ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १११६२ पुगेको छ भने अहिलेसम्म ७६ जिल्लामा कोरोनाभाइरस फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बिहिबार अपरान्ह सम्म कुल २६५० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि कोरोना संक्रमण भएर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुष र ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका चितवन स्थायी घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय पुरुष गरी थप २ जनाको मृत्यु भएको छ भने कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ। हालसम्म देशभरका २२ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि १९९७३७ जनाको परीक्षण भएको  छ भने क्वारेन्टाइनमा ७४ हजार २२ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ९५ लाख ५७ हजार भन्दा बढि संक्रमित भइ ५१ लाख ९८ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख ८५ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

बहराइन र कतारले शनिबार बिहान इरानबाट भएको भनिएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणपछि आफ्नो सुरक्षा अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक गरेका छन्।…

कुवेतको रक्षा मन्त्रालयले शनिबार बिहानैदेखि देशको हवाई क्षेत्रमा प्रवेश गरेका शत्रुतापूर्ण ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनहरू पत्ता लगाई सबैलाई सफलतापूर्वक अवरोध…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र निरेम प्रोडक्सन प्रालिले नेपाली राजदूतावास कुवेतका तृतीय सचिव नविन पराजुलीलाई सफल कार्यकाल पूरा…

प्रतिकृयाहरू
...