Thursday 18th June 2026

अमेरिकाको भर्जिनिया राज्यमा एक नेपालीको गोली हानी हत्या


ग्यास स्टेसन लुट्न आएका लुटेराको आक्रमणमा परी अमेरिकाको भर्जिनिया राज्यमा एक नेपालीको मृत्यु भएको छ । भर्जिनियाको हर्नडन सहरको फ्रयाङ्कलिन फर्ममा अवस्थित ‘सुनाको ग्यास’ स्टेसनमा बुधबार बिहान भएको घटनामा ४० वर्षिय रेशम बजगाईंको मृत्यु भएको हो ।

गोरखा जिल्लाको केराबारी पुर्खाैली घर भई पछिल्लो समय चितवनको भरतपुर बस्दै आएका बजगाईं ग्यास स्टेसनमा काम गरिरहेको अवस्थामा आक्रमणमा परेका थएि । अमेरिकी स्वतन्त्रता दिवस, जुलाई ४ को बिहानै घटेको सो घटनाबारे वासिङ्टन पोष्ट अनलाइनले स्थानीय फेयरफयाक्स प्रहरीलाई उदृत गर्दै दिएको जानकारी अनुसार पसल लुट्ने नियतले लुटेराले बजगार्इंको टाउको गोली प्रहार गरेको हुनसक्ने अनुमान छ ।
करिब नौं महिना अघि मात्र अमेरिका आएका बजगाईंका श्रीमती र पाँच वर्षीया छोरी अमेरिकामै छन् ।
प्रहरीले घटनाको लगत्तै संदिग्ध बन्दुकधारी मोहम्मद अबदुल्लाहीलाई नजिकैको पार्किङ लटबाट पक्राउ गरेको छ ।

सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...