Tuesday 28th April 2026

रसुवामा सवारी दुर्घटना हुँदा घटनास्थलमै दुइको मृत्यु


तितोपाटी – रसुवाको उत्तरी भेग सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा गएराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङ जिल्ला घर भएका अन्दाजी २४ वर्षीय विकास घर्तीमगर रहेका छन् ।

सो दुर्घटनाबाट घाइते हुनेमा नवलपरासी जिल्ला घर भएका गौतम अर्याल र सुनसरीको धरान घर भएका अन्दाजी २२ वर्षीय जीवन राई रहेका छन् ।

उनीहरुलाई उपचारार्थ काठमाडौं पठाइएको छ । घाइतेको टाउको, खुट्टा र हातमा बढी चोट लागेको बताइएको छ । निर्माणाधीन साञ्जेन जलविद्युत् आयोजनाको ठेकेदार कम्पनीअन्तर्गत राजवंशी डोजर अपरेटर र घर्तीमगर कामदारको प्राथमिक उपचार गर्ने स्वास्थ्य सहायक भएको प्रहरीले जनाएको छ ।

आमाछोदिम्मो गाउँपालिका–५ मा भएको सो दुर्घटनामा बा १७ च ५३४५ नम्बरको बोलेरो जिपका चालक धादिङ घर भएका अन्दाजी २४ वर्षीय प्रकाश तामाङ फरार रहेकाले उनको खोजीकार्य जारी राख्दै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो पाँच हप्ताको अनुभव बाँडेकी छन्। उनले १० बुँदामा आफ्नो अनुभव र…

तितोपाटी- बैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र  'लालीबजार' को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको…

तितोपाटी-माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उपचारका लागि उनलाई अस्पताल पठाइएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन…

प्रतिकृयाहरू
...