Friday 20th February 2026

कुवेतबाट भोलि २ वटा फ्लाइटबाट नेपालीहरुलाइ उद्दार गरि फर्काइदै


हरि कृष्ण न्यौपाने – घर फर्किने दिन कुरेर आममाफी मार्फत कुवेत सरकारको आश्रय स्थलमा रहेका नेपालीहरुलाई भोलि जुन-१०,बुधबार,२०२० बाट फर्काइन शुरु गरिने भएको छ। भोलि जजिरा एयरको २ वटा फ्लाइटबाट स्वदेश फर्काउने क्रम शुरु हुनेछ ।
नेपाली राजदूतावास कुवेतकी सुचना अधिकारी द्वितिय सचिब जानकी ओझाको अनुसार भोलि १० जुन बुधबार जजिरा एयरको दुईवटा फ्लाइटले आममाफी मार्फत कुवेत सरकारको आश्रय स्थलमा रहेका नेपालीहरुलाई लैजाने छ।ओझाले थपिन्र -“पहिलो प्राथमिकतामा आममाफी मार्फत फर्किने तयारीमा रहेका २,९९१ जनालाई फर्काइने छ।उनीहरु सबैको नामावली र बिबरण सम्बन्धित निकायलाई बुझाई सकिएको छ।सहजताको लागि दूतावासले अबाश्यक समन्वय गरिरहेको छ।आममाफी मार्फत फर्कनेहरुलाई निशुल्क स्वास्थ्य परिक्षण र निशुल्क उडानको ब्यबस्था कुवेत सरकारले गर्ने छ।

यसै गरि अन्य बिबिध कारणले घर फर्कनै पर्ने करिब ४००० नेपालीहरुले राजदूताबासको फर्म भरेको ओझाले बताईन।उनले थपिन”दिन-दिनै घर जान पाउँ भन्नेहरुको संख्या बढिरहेको छ।पहिलो चरणमा आममाफी मार्फतका कामदारहरुलाई फर्काइए पछि दोश्रो चरणमा अन्य कामदारहरुलाई प्राथमिकताको आधरमा फर्काइने छ।दोश्रो चरणमा फर्काइनेहरु कुन उडानबाट, कति भाडामा जाने र उनिहरुको स्वास्थ्य परिक्षणको प्रकृया पनि अझै निश्चित भैसकेको छैन।”

कुवेतबाट फर्काइने शबका बारेमा ओझाले भनिन”उनीहरुको मृत्यु भएको मितिका आधारमा र मृतकको परिवारहरुको समन्वय हुनसक्ने स्थितिको आधारमा दैनिक हुने फ्लाइटमा पठाइने तयारी गरिरहेका छौ।”


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...