Sunday 1st November 2026

अोखलढुंगामा जीप दुर्घटना हुँदा २ को मृत्यु ३ सख्त घाइते


तितोपाटी – ओखलढुंगामा भएको जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन् । बुधवार विहान सुनकोसी गाउँपालिकाको मूलखर्क भन्ने स्थानवाट ओखलढुङ्गाको सदरमुकामका लागि छुटेको बा १५ च ८८४३ नम्बरको जीप च्यानमको भालदिप भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीका अनुसार जीप सडकवाट करीब ३ सय मिटर तल खसेको छ । मृतक एकको घटनास्थलमा नै र एक जनाको उपचारका लागि ओखलढुङ्गा तर्फ ल्याईदै गर्दा बाटैमा मृत्यु भएको हो । मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन । दुर्घटनामा परि घाईते भएकालाई उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा ल्याईएको छ ।

जीपमा कती यात्रु थिए भनेर केही खुलेको छैन । जीप दुर्घटनामा परेपछि चालक भने सम्पर्क विहिन रहेको बताईएको छ । जीप रोकेर बाँकी यात्रु खाजा खान गएको बेलामा जीप आफै गुडेर दुर्घटनामा परेको बताईएको छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...