Sunday 12th April 2026

अमुक पार्टी प्रेमी बन्नु भन्दा एउटा रास्ट्र प्रेमी बनौ


गुलाम नवी मन्सुर- हाम्रो राजनैतिक सहभागीता समाज र देसको रुपान्तरण सहित समृद्धि र बिकासको निमित्त हो कि केही अमुक ब्याक्ती अथवा राजनैतिक कर्मीलाई सत्तामा पुराउनको निम्ति हो ।

हाम्रा देशको सरकारहरु, स्थपित राजनीतिक पार्टीहरु र हरेक दलसंग सम्बद्ध सङ्घ संगठन आम नेपालीको निम्ति उथान बिकास र समृद्धिको राजनीतिक गरिरहेका छन कि कथित राजनीति दलिय वा ब्यक्तिगत स्वार्थका भागबण्डाका लागी एउटा संगठित जत्थाको राजनीतिक ? अब आम नेपाली जनताले सोच्नु पर्ने बेला आएको छ । हामी एउटा अमुक पार्टीको कार्यक्रता नभएर सिङ्गो देशको स्वाधीनता, रास्ट्रीयता, स्वतन्त्रता प्रेमी बन्नुको आवश्यकता खड्किएको छ एति बेला ।

विश्वमा हाम्रो देशको अस्तित्व धेरै पुरानो र आदिम इतिहास बोकेको ९ वटा रास्ट्रहरू मध्येको एक हो नेपाल । वर्तमानमा अमेरिका जस्तो शक्तिशाली राष्ट्र बन्नु भन्दा हाम्रो देशको पाटन दरवार पुरानो भैइसकेको थियो / ५ हजार वर्ष पुरानो आदिम कालिन इतिहास बोकेको र कुनै बेला सन्सारलाई नै कला संस्कृती र सभ्यताको पाठ सिकाउने राष्ट्र नेपाल आज पनि विकास र समृद्धिका सपनाहरू बुनेर उन्नतिको बाटो कुर्न बाध्य छ । देशमै प्रयाप्त खनिज तथा विभिन्न स्रोतसाधन हुँदाहुँदै पनि विकास समृद्धिको सपनाहरु पूरा हुन सकिरहेको छैन, किन ?

हाम्रो देसको विकास र समृद्धि हामी सम्पूर्ण नेपाल र नेपालीका लागि एउटा महत्वकांक्षा र महत्वपूर्ण सपना नै भैइसकेको छ । हरेक नेपालीले बोल्ने शब्द र देख्ने सपना बनिसकेको छ, नेपालको विकास र समृद्धि कहिले र कस्तो होला ? यस्ता खालको प्रश्नहरु धेरैले गर्ने गर्छन् तर सोच्दैनन कि हरेक चिज परिवर्तन गर्नुअघि राज्य स्तरबाटै जनतालाई परिवर्तनको निम्ति अभिप्रेरित गर्नुपर्छ भनेर । जनतामा परिवर्तन आयो भने देश आफै बदलिन्छ, विकास र समृद्धि बहस नेपालका लागि कुनै नयाँ बिसय होइन । देशमा १०४ वर्षे राणा शासनको अन्त्य पछि विसं २००७सालको अन्त्य तिरबाट शुरूवात भएको विकास र समृद्धिको योजनाबद्ध प्रयास सँगै नेपालमा विकास समृद्धि र आर्थिक उन्नतिको बहस सुरु भएको हो ।

जबकी विश्व हामी सँगसङ्गै आधुनिक युगमा प्रवेश गरेका देशहरु – कोरिया, मलेसिया, सिंगापुर, थाईल्याण्ड, जपान, भारत जस्ता राष्ट्रहरु समृद्धि, विकास र आर्थिक उन्नतिका मामिलामा निकै फड्को मारि सकेर विश्व मानचित्रमा आफुहरुलाई शक्तिशाली बिकसित रास्ट्रहरुमा दर्ज गराई सक्दा नेपाल भने समृद्ध राष्ट्र त परै जावस्, समाजका हरेक पक्षहरु समस्या ग्रस्त रुपमा खडा भएको जरजर्ती देखिन्छ, अहिले पनि धार्मिक विभेद, अशिक्षा, स्वास्थ्यको अपहुच,बेरोजगारी, अबिकसित,रुढीबादी सोच,जातिय विभेद, महिला हिन्सा, बर्गिय बिभेदबाट ग्रसित छ, आखीर विकास, समृद्धि आर्थिक उन्नति, परनिर्भरताको आन्त्य हुन नसक्नुको कारण के ?

विकास र समृद्धिको मुख्य जड (मियो ) राजनीति हो । राजनीतिक स्थिरता,स्थातित्व दुरदर्शिता कार्ययोजना, नीति र स्वतन्त्रता विना विकास र समृद्धि सबल र प्रवाभकारी हुँदैन । नेपालमा अर्थिक विकास र समृद्धिको प्रमुख बाधक राजतन्त्रलाई ठान्थे । करिब करिब सात दसकको लामो विभिन्न क्रान्ती आन्दोलन पछि करिब २४० वर्षिय शाहवंशीय इतिहासलाई अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा गरियो । गणतन्त्र घोषणा सँग सँगै लोकतन्त्र र सामानुपातिक समावेशी विकासको अभ्यास सुरु भयो । संविधान सभाबाट नेपालको संविधान जारी गरियो । संविधानले दिगो शान्ति, सुशासन, विकास, समृद्धि र आर्थिक उन्नतीलाई मुख्य लक्ष्य मानेर समाजवादउन्मुख सङ्घिय लोकतान्त्रिक गण्तन्त्रात्मक व्यवस्थालाई अवलम्बन गरेको छ । व्यवस्था परिवर्तनको लक्ष्य नै देशमा शान्ती सुरक्षा, सुशासन, बिकास र समृद्धि , ,परनिर्भरताको अन्त्य , रोजगारी, कृषिमा क्रान्ती , आर्थिक उन्नती ,विभेद रहित समाज , सम्पन्नता , हकधिकारको सुनिश्चितता, शिक्षा, स्वास्थयको पहुँचको,मानव अधिकारको पहुँच तथा राज्यसत्तामा पुर्ण समावेशिताको लागि नै थियो जस्तो लाग्छ तर यी तमाम उपलब्धि पाउनको लागि सहादत प्राप्त ती वीर सहिदहरुको आलो रगत खेर गएको महसुस हुदैछ । जनताको तमाम महत्वकांक्षा खेर गैइररहेको छ आखिर किन र कसको कारण ले ? कारण एउटै छ -शासनसत्ता र नेतृत्व तहमा पुगेकाहरुको असक्षमता अपरिपक्वता,अदुर्शिता, नीति कौशलता विहिनता, नैतिकता विहिन ।

बिगत देखी वर्तमान सम्म राजनैतिक पार्टी र शासनसत्ता धेरै हौसिएर देश नै भड्खालो बन्दै गैरहेको छ । शासनसत्ता खोक्रो शान,मान अनि रवाफले जकडिएको आधुनिक र सभ्रान्त, भ्रस्टाचारी, काम नलाग्ने बुद्ध बुज्रुकहरुको नेतृत्वमा गएको छ । नेतृत्ववर्ग मानवरूपी कंकालहरुको भीड जस्तै भएको छ जहाँ शक्ति शासन र सम्पत्तिको लागि मानवीयता समेत बेच्न पछि पर्दैनन् । नेतृत्व नैतिकता, अनुशासन र मानवीयतालाई साटेर गरीब भैसकेका छन । कोशी, सरदा, टनकपुर गण्डकी, महाकाली,बुढी गण्डकी, अरुण तेस्रो, सुस्ता हुँदा हुँदै एम. सि. सि. मार्फत मुलुकलाई नै बन्धक बनाएर रास्ट्रघाती सम्झौता गर्न लाग्दा अझै हामी चुप लागेर बस्यौ भने देश सोमालिया, युगन्डा जस्तो हुन हुन कति पनि समय लाग्दैन । जब सम्म नेतृत्वलाई नैतिकताको गरीबिको चेपेटाबाट बाहिर निकाल्न सक्दैनौं तवसम्म नेपाल र नेपालीको उत्तथान हुदैन ।

त्यसैले समाज र देशको हरेक क्षेत्रमा गाडिएर रहेको संभ्रान्त, भ्रष्टाचारी राजनितिक जडसुत्रलाई उखेलेर फाल्नुको लागी हामी कुनै एउटा अमुक राजनितीक पार्टिको प्रेमी होइन, रास्ट्रप्रेमी भएर हाम्रो पुस्ताले नै अतिरिक्त समय खर्च गरेर आउने भावी पिढीलाई समुन्नत र समृद्ध नेपाल हस्तान्तरण गर्नु पर्ने हाम्रो जिम्मेवारी बहन गर्ने बेला आएको छ ताकी आउने भावी पुस्ताको नजरमा कलङ्कित नहाेअाैं ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...