Wednesday 12th August 2026

अन्तरजातीय प्रेम – कविता


विश्व रूवायो कोरोनाले,
पोलेको छ छाती ।
अर्को तिर छुवाछूतको,
बज्र हामी माथी ।।

प्रेम गर्नु पाप होइन,
भूल पनि थिएन ।
कस्तो जन्जिर होला,
एक हुन दिएन ।।

सुन्दा पनि अजिब अनि
अचम्म  लाग्छ हेर ।
जात सानो हुनाले नै,
जान्छ ज्यान खेर ।।

सोचे जति सबै कुरा,
अन्धविश्वास नै भयो ।
प्रेम कै लागि यहाँ,
कतिको ज्यान गयो ।।

कस्तो क्रूर कति निर्दयी,
समाज पनि त्यहाँ ।
सुन्दा पनि अजिब लाग्छ,
त्यो घटना यहाँ ।।

जनावर होइन होला,
किन लखेट्नु पर्ने ।
नत्र भने मानविय,
ब्यवहार गर्नु पर्ने ।।

मानवियता हराएको कस्तो,
समाज होला हेर ।
सुन्दा पनि कति गाह्रो,
भयो मन जलेर ।।

तिम्रै लागि बाचेकी छु,
लिन आउन प्रिय भनी ।
पियारी लाई लिन जादा,
धेरै आए लास बनी ।।

बाबा आमाको जिउने सहारा,
हेर त्यसै मर्यो ।
बुहारी लिन्छु भन्ने छोरो,
त्यसै लास पर्यो ।।

रचनाकार – गीता बिश्वकर्मा
जलजला-२, बगरफाट, पर्वत


सम्बन्धित शीर्षकहरु

इटालीको सिसिलीस्थित माउन्ट एटना ज्वालामुखीबाट निस्किएको ज्वालामुखीय खरानीको बादल माल्टासम्म पुगेपछि हवाई यातायात प्रभावित भएको छ। मंगलबार, अगस्ट ११ मा…

काराकास/तेल अभिभ — भेनेजुएला र इजरायलले १७ वर्षपछि कन्सुलर सम्बन्ध पुनःस्थापित गर्ने सहमति गरेका छन्। दुवै देशले आफ्ना नागरिकलाई कन्सुलर…

काठमाडौँ/इस्लामाबाद — कतारी पर्वतारोही शेखा अस्मा बिन्त थानी अल थानीले पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ग्यासेरब्रुम–२ (८,०३५ मिटर) सफलतापूर्वक आरोहण गर्दै…

प्रतिकृयाहरू
...