Tuesday 10th March 2026

कम्युनिस्ट सरकारले बिदेशमा रहेका श्रमिकलाई तत्काल स्वदेश फर्काओस


बालकृष्ण घिमिरे-बनेपा-काभ्रे , यतिखेर विश्वनै महामारीले आक्रान्त छ भने सानो र अल्पबिकशित मुलुक नेपाल चोखो रहने कुह्रै भएन । आज विश्व श्रम बजार तहसनहस बन्दै गएको छ । वैदेशिक रोजगारिमा रहेका नेपाली श्रमिकहरुले वार्षिक ९ सय करोड रेमिट्यान्स स्वदेश भित्र्याएको तथ्यांक सार्वजानिक हुँदै गर्दा तिनै श्रमजिविहरु आज विभिन्न मुलुकहरुमा मलाई घर फर्काईदेउ सरकार भन्दै रुवाबासी गर्दै छन । आज राज्य नभएको अनुभूति हिजो आर्थिक रुपमा आफ्नो मुलुक धान्यहरु गर्दै छन ।

स्वदेशमा रोजगारिको व्यवस्था नहुदा आफ्नो घर , खेत , वारि बन्दगी राखी रिणमा चुर्लुम्म डुबेर बिदेशीन वाध्य नेपालीहरु आज समस्यामा पर्दा उनिहरुको भावनामा चोट पुग्नेगरी तिनै मजदुरहरुले कमाएर पठाएको रकमको ट्याक्स बाट तलव खाने सरकारी जागिरेहरुले उनिहरुका बिरुद्ध आफ्ना भनाई राख्दै गर्दा ती श्रमिकहरुको घाँउमा नुनचुक छर्कनु सिवाय केही भएको छैन ।

हो , आज मुलुक जटिल अवस्थामा गुज्रिएको छ । कोरोनाको उचित व्यवस्थापन गर्न हाम्रो जस्तो श्रोत साधन नभएको मुलुकलाई कठिन र जटिल बन्नु स्वभाबिक होला तर त्यसो भन्दैमा राज्यले बिदेशमा रहेका आफ्ना नागरिकहरु प्रती गैर जिम्मेवारी बन्न मिल्छ त ? कतिपय मुलुकले यो महामारिलाई सदुपयोगको रुपमा प्रयोग गर्दै विभिन्न समस्याले ईलिगल भएर बसेका गैरआवासिय नागरिकहरुलाई आ-आफ्नो मुलुक फर्कन उर्दि जारी गरिसकेका छन भने त्यसरी फर्कन चाहानेहरुलाई सम्वन्धित मुलुक सम्म पुग्दा लाग्ने खर्च समेत व्यहोर्ने व्यवस्था मिलाएको पाईन्छ । यो अवस्थामा आफ्ना नागरिक जिम्मा लिने हैसियत हाम्रो राज्यले राख्छ कि राख्दैन ? आज यो प्रश्न जटिल बन्दै गएको छ ।

जस्ले जतिसुकै खोकेपनी स्वदेशमा बसेर विदेशमा रहेका नेपालिहरुका समस्या , दुख र पिडाहरुलाई त्यहाँ रहेका दूतावास तथा कुट्नितिक नियोगहरुले सम्बोधन गर्छन भन्नू दिवा सपना देख्नु सिवाय केही हैन । कारण , हाम्रा कुट्नितिक नियोग तथा दुतावासहरुले पनि सम्वन्धित मुलुकको नियम कानुनको पुर्ण रुपमा पालाना गरेर मात्रै त्यहाँ बस्नु पर्ने हुन्छ । सम्बन्धित मुलुकले तिम्रा नागरिक फिर्ता लैजाउ भनेको अवस्थामा दूतावास तथा कुट्नितिक नियोगहरुले वहानावाजी र अटेर गर्ने अवस्था हुँदैन । ताजा उद्दारणका रुपमा भारतले रातारात आफ्नो प्रशासन लाएर नेपालीहरुलाई सिमा नजिक ल्याएर नेपाल तर्फ धकेल्दिएको अवस्थालाई लिन सकिन्छ ।

त्यसैले कसरी व्यवस्थापन गर्ने बिदेश वाट आएका हजारौं नागरिकहरुलाई भन्ने विषयमा रुमलिएको हाम्रो राज्य व्यवस्थापनले सम्बन्धित प्रदेश र स्थानीय निकायहरुमा रहेका सरकारी तथा निजि विद्यालयहरु तथा खाली रहेका अन्य सरकारी भवनहरुमा उचित क्वारेन्टाइनको पुर्वाधार तयार पारेर बिदेशमा रहेका आफ्ना नागरिकहरुलाई तत्काल स्वदेश फिर्ता गर्न सक्नु पर्दछ भने आम नागरिकहरुले बिदेशमा रहेका लाखौं नेपाली स्वदेश भित्रिदा कोरोनाले मरिन्छ कि भन्ने नकारात्मक सोच त्याग्नु पर्दछ । कुनै पनि मुलुक ( भारत वाहेक ) ले कोरोना प्रमाणित भएका बिरामीहरुलाई फिर्ता गर्दैन , ढुक्क हुँदा हुन्छ । बिकशित मुलुकहरू कोभिड १९ – का कारण जति सुकै अप्ठ्यारो अवस्थामा रहेका भएपनी ती मुलुकहरूले कोरोना संक्रमित व्यक्ती फिर्ता पठाउदैनन ।

तत्काल राज्यले आफ्ना नागरिक जति सक्यो चाडो स्वदेश ल्याउनु नै उचित हुन्छ । जति सक्यो छिटो राज्यका अंगहरु संकृय रहेर क्वारेन्टाइनको उचित व्यवस्थापन गरेर विश्वभरी रहेका नेपाली फिर्ता ल्याउनुको विकल्प छैन / छदैछैन ।

यो चुनौती मात्रै हैन , आगामी ५ वर्ष भित्र वैदेशिक रोजगारिको अन्त्य गरि स्वदेशमै रोजगारीको सृजना गर्छौं भन्ने राज्यको घोषित नितिका लागि कोरोनाले निम्त्याई दिएको औंसर पनि हो । र यो औंसरलाई गरिखानेहरुको पक्ष्यमा ओकालत गर्ने कम्युनिस्ट सरकारले सदुपयोग गर्न सक्नु पर्दछ । मुख्य गरेर विदेशमा रहेर पेशा , ज्ञान र सीप आर्जन गरेका नेपालिहरुलाई स्वदेश ल्याएर उनिहरुका लागि रोजगारी सृजना गरि नेपाल अब हरेक हिसावमा आत्मनिर्भर हुनुको विकल्प छैन ।

लेखक :- लामो समय वैदेशिक रोजगारिका क्रममा कुवेतमा रहेका व्यक्ती हुन ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...