Wednesday 27th May 2026

कविता-घर जान पाउँ


रजनी ढुंगाना- मसंगै आएका , पल्ला गाउका बीरबहादुर ,

घर छेउकै साइला ,दुखमा पनि मुसुक्क हास्ने रामचन्द्र उराव,
पुक्लुक्क पुक्लुल ढलेको हेरेर आए,

सानी छोरीलाई बोर्डिंग पढाउछु , डाक्टर बनाउछु भन्ने
स्याम दर्जी उनकै सपना झैँ ,
अधुरो भएको हेरेर आए,

मलाई तिनीहरु झैँ ,मलामी बिना
खात माथि खात बनि

खाल्डोमा पुरिनु छैन,
राम नाम नसुनी बैकुण्ठ जानु छैन,

पसिना बगाएर रेमिट्यान्स पठाए,
जवानीका कैयौ प्रहर नियास्रोमा बिताए,

अब मलाइ यो परदेशमा एक्लै मर्नु छैन ,

मलाइ थाहा छ , सयकडा तिनको ब्याज
अझै सकिएको छैन,
सानिको फिस , बाउको औषधी ,

खित्रिंग मित्रिंग धेरै गर्जो
मेरै पसिनाले टरेको छ,

तर अब शरीरमा पसिना छैन बाकि
अत्यासमा,अन्यौलमा , साथि गुमेको पिडामा
आखा बाट बगिसके

म रित्तो भैसके,

सरकार मलाई यहा बाट लैजाउ,
म घर आउन चाहन्छु,
म खाडीको बगरमा पुरिन होइन ,
पशुपतिमा जल्न चाहन्छु।


सम्बन्धित शीर्षकहरु

अमेरिका र ईरान  बीच शान्ति वार्ता अघि बढ्न सक्ने संकेत सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा आएको करिब ५ प्रतिशतको गिरावट…

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

पाकिस्तान को बलुचिस्तान प्रान्तमा आज रेलमाथि भएको भीषण आक्रमणले फेरि त्यहाँको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील रहेको देखाएको छ। क्वेटा नजिक…

प्रतिकृयाहरू
...