Friday 3rd July 2026

वीर अस्पतालमा गम्भीर बन्दै गंगामायाको स्वास्थ्य


छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थिती गम्भीर बन्दै गएको छ।

अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले गंगामायाको स्वास्थ्य अवस्था ३४औँ दिनमा आइपुग्दा थप बिग्रिएको जानकारी दिए।उनी गत जेठ १५ गतेदेखि अनशन बसेका हुन्।

“उहाँ अनशन बसेको ३४ दिन भइसकेको छ, अवस्था पहिलेभन्दा गम्भीर छ,” निर्देशक बस्नेतले भने, “शरीर सुन्निँदा हातको नशा नभेटिएका कारण गंगामायालाई घाँटीको नशाबाट स्लाइन दिएका छौँ ।”

यसैबीच नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले वीर अस्पतालमा अनशनमा रहनुभएकी गंगामाया अधिकारीलाई आज भेट गरेका छन्। वीर अस्पताल पुगेर केसीले गंगामायाको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए।

नेता केसीले गंगामायासँग कुरा गर्न खोजे पनि उहाँले कुनै प्रतिक्रिया दिएनन्। उनले अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारबाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु विडम्बना भएको प्रतिक्रिया दिए।

उनीसँगै मानवअधिकारकर्मी चरण प्रसाईं, पत्रकार कनकमणि दीक्षित, डा केदारनरसिंह केसीलगायत पनि गंगामायालाई भेट्न अस्पताल पुगेका थिए। विसं २०६१ जेठ २४ गते गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादी पक्षबाट हत्या गरिएको थियो।

हत्या आरोपीको नाम किटानीसहितको मुद्दा उनीहरुविरुद्ध २०७० साल चैत ३० देखि चितवन जिल्ला अदालतमा विचाराधीन छ । न्याय नपाएको गंगामायाले गुनासो गर्दै आएका छिन्। छोराको हत्या भएपछि लामो समयसम्म हत्या आरोपीलाई कारबाही नभएपछि अधिकारी दम्पती नै अनशन बसेका थिए।

अनशनकै क्रममा गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनको ३३४औँ दिनमा २०७१ साल असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो । न्याय नपाउँदासम्म श्रीमान्को अन्तिम संस्कार नगर्ने भनेपछि नन्दप्रसादको शव अझै शिक्षण अस्पताल महाराजगञ्जको शव गृहमा राखिएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...