Monday 10th August 2026

मेक्सिकोमा बामपन्थी नेता राष्ट्रपति निर्वाचित


तितोपाटी – वामपन्थी उम्मेदवार आन्द्रेस मानुएल लोपेज ओब्रादोरले मेक्सिकोको राष्ट्रपतीय निर्वाचनमा विजय प्राप्त गरेको बताउँदै अब देशमा ‘गहन परिवर्तन’ आउन लागेको भनेका छन् ।

राजधानी मेक्सिको सिटीका पूर्वमेयरलाई आम्लो भनी चिनिन्छ र उनले कुल मतको ५३ प्रतिशत प्राप्त गर्ने प्रक्षेपण गरिएको छ । उनका प्रतिस्पर्धीहरूले हार स्वीकार गरिसकेका छन् ।

उनले भ्रष्टाचारको ‘खराबी’ लाई हटाउने प्रतिज्ञा गरेका छन् । भ्रष्टाचारकै कारण देशमा सामाजिक असमानता र हिंसा फैलिएको उनको भनाइ छ ।

उनले ज्येष्ठ नागरिकका लागि पेन्सन दोब्बर बनाउने अनि अमेरिकासँग मित्रवत सम्बन्ध कायम गर्ने वाचा गरेका छन् ।

अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति भएपछि वाशिङटनसँग मेक्सिकोको सम्बन्ध बिग्रिएको छ । ट्रम्पले मेक्सिकोलाई व्यापार र आप्रवासनका विषयमा कठोर आलोचना गर्ने गरेका छन् । आम्लोले जितेपछि ट्रम्पले बधाई दिँदै ट्वीट गरेका छन् ।

आइतवार राति अबेर यी ६४ वर्षीय नेताले नागरिक स्वतन्त्रतालाई सम्मान गर्ने र निरंकुशताका लागि कुनै ठाउँ नदिइने बताए ।


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५-बुँदे ‘बोर्ड अफ पीस’ योजना अस्वीकार गर्दै हमास पूर्ण रूपमा…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा, इरान र क्षेत्रीय सुरक्षाबारे कडा धारणा सार्वजनिक गरेका छन्। उनले आफ्नो नेतृत्वमा प्यालेस्टिनी राज्य स्थापना…

आज नेपालसहित विश्वभर ३२ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपालमा पनि आदिवासी जनजाति समुदायहरूले सांस्कृतिक…

प्रतिकृयाहरू
...