Thursday 10th September 2026

कुवेतमा कोरोना अपडेट : ४ नेपाली सहित ९१० जना संक्रमित


हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा हाल सम्म ४ नेपाली सहित ९१० जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा एक नेपाली सहित ५५ जनामा कोरोना संक्रमण देखिएको हो जसमा ३६ जना भारतीय नागरिक रहेका छन।

केही दिन देखिको पछिल्लो प्रकाशित सरकरी डाटा हेर्दा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ भने त्यसमा पनि भारतीयहरु अत्याधिक  रहेका छन।त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ।

आज प्रकाशित समाचारमा जनाईए अनुसार जम्मा ९१० संक्रमित मध्ये २२ जना सिकिस्त रहेको जनाइएको छ भने अहिले सम्म १११ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।कुवेतमा हालसम्म एक जना भारतीय नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...