Wednesday 29th October 2025

थप एकजनामा कोरोना संक्रमण पुष्टि


तितोपाटी- कतारको दोहा हुँदै नेपाल आएका थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कतारको दोहा हुँदै क्यूआर ६५२ उडानमार्फत नेपाल आएका व्यक्तिमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि सोही विमानमार्फत नेपाल आएका २ जना युवतीमा संक्रमण देखिएको थियो । १ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ भने १ जनाको बागलुङमा उपचार भाइरहेको छ । योसँगै नेपालमा कोरोना संक्रमण पोजेटिभ देखिएका ६ केस पुगेको प्रवक्ता देवकोटाले बताए ।
यसअघि दुबईबाट आएका २ जनामा कोरोना संक्रमण देखिएको थियाे । उनीहरूमध्ये १ जनाको टेकुमा र अर्का एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय मौसम विज्ञान विभाग (IMD) का अनुसार, आन्ध्र प्रदेशको काकीनाडा र मछलीपट्टनमको बीचमा चक्रवात 'मोन्था' को जमिनमा ठोक्किने प्रक्रिया सुरु…

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान, नेपाल र भारत बिचको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतीय टिमलाइ २-१ ले हराएको छ ।…

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान…

प्रतिकृयाहरू
...