Tuesday 8th September 2026

२२ किलो चरेस सहित ३ जना पक्राउ


तितोपाटी – चन्द्रौटाको एक होटलबाट शनिबार राती २२ किलो चरेससहित ३ जना पक्राउ परेका छन् ।

प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिवार राति ११ बजे होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शिवराज नगरपालिका १ बस्ने बर्ष ३९ का राजबहादुर रोका मगर, दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बस्ने ३७ बर्षीय आशिष खड्का तथा सोही ठाउँ बस्ने ३८ बर्षीय किरण प्रकाश बम रहेका छन ।

नियन्त्रणमा लिएका तिनै जनालाई ईलाका प्रहरी कार्यालय चन्द्रौटाको जिम्मा लगाइएको प्रहरी जनाएको छ ।

खोजतलासका क्रममा २२ किलो तौल रहेको ४४ थान कालोबस्तु र अशिष थापाको नाममा रहेको १ सय ५० सीसीको एक थान मोटरसाईकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...