Sunday 6th October 2024

नेपाल सरकारद्वारा महानिरीक्षकमा ठाकुर प्रसाद ज्ञवालीलाइ नियुक्त


नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर प्रसाद ज्ञवाली नियुक्त भएका छन्। मन्त्रिपरिषदको हिँजो बसेको बैठकले ज्ञवालीलाई प्रहरीको २७ औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो भने अाज बुधबार उनले दर्ज्यानी चिन्ह प्राप्त गर्नेछन् ।आइजिपी सर्वेन्द्र खनालसहित उनका ब्याची तीनजना एआइजी र १८ जना डिआइजीले ३० वर्षे सेवा अवधिका कारण एकैसाथ अनिवार्य अवकाश पाएपछि मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई डिआइजीबाट सीधै आइजिपीमा नियुक्त गरेको हो।

ज्ञवाली नेपाल प्रहरीको २७औं महानिरीक्षक बनेका छन्।आईजीपीको दौडमा डीआईजी तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय थिए। उनीहरुलाई ज्ञवालीले पछि पारेका हुन्। उनी प्रदेश नम्वर १ को प्रहरी प्रमुख रहेका थिए।३० वर्षे सेवा अवधिका कारण ज्ञवालीले ५ महिना प्रहरीको नेतृत्व सम्हाल्ने छन्। उनी २०४७ मा सेवा प्रवेश गरेका थिए।

नेपाल प्रहरीमा विगत दुई कार्यकालदेखि डिआइजीबाट सीधै आइजिपीमा नियुक्ति भएको छ। ज्ञवाली पनि डिआइजीबाट सीधै आइजिपी बने। ३० वर्षे सेवा अवधिका कारण एआइजीहरुसमेत अनिवार्य अवकाशमा परेपछि ज्ञवाली प्रदेश १ प्रहरी कार्यालयको प्रमुख बनेका थिए। यसअघि प्रकाश अर्याल र सर्वेन्द्र खनाल पनि डिआइजीबाट सिधै आइजिपी नियुक्त भएका थिए। यसपछि भने एआइजीबाट आइजिपी हुनेछन्। तुलनात्मक रुपमा प्रहरीभित्र इमानदार अधिकृतका रुपमा परिचय बनाएका ज्ञवाली २०४७ असार २५ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए। पास आउट भएपछि उनको पहिलो पोस्टिङ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा भएको थियो। भर्ना भएको १० वर्षपछि २०५८ वैशाख १८ गते डिएसपीमा बढुवा भएका ज्ञवाली २०६६ मंसिर ३ गते एसपी, २०७३ असार २८ गते एसएसपी र २०७५ असोज २८ मा उनी डिआइजीमा बढुवा भएका थिए। उनी त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर हुन्।


सम्बन्धित शीर्षकहरु

सुनुवार सेवा समाज कुवेतको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भक्तराम सुनुवारको नेतृत्वमा संरक्षक, सल्लाहकार सहित ३७ सदस्यीय कार्य…

पाठेघरको क्यान्सरको खोप विकास गर्ने आशा राखेको प्रयोगशालालाई अनुदान दिइएको छ । अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले ओभेरियनभ्याक्स, एक खोप सिर्जना गर्दैछन्…

खामेनीले इरान र उसका सहयोगीहरू इजरायली आक्रमणबाट पछि नहट्ने बताएका छन् सर्वोच्च नेताले इजरायलमाथिको इरानको आक्रमणलाई 'वैधानिक' भन्दै बचाउ गर्दै…

प्रतिकृयाहरू
...