Monday 4th May 2026

जापानमा थप ६५ जनालाई कोरोनाको सङ्क्रमण


तितोपाटी- जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ।

पानी जहाजमा आएकाहरुलाई परीक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। अहिले थपिएको संख्यासँगै जापानमा कोरोना भाइरस सङ्क्रमित हुनेहरुको संख्या १३५ पुगेको उनीहरुको भनाई छ।

पछिल्लो पटक शंका लागेका कुल १०३ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ५६ जनाका सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तीमा कोरोना सङ्क्रमित हुनेहरु कुन देशका नागरिक हुन भन्नेबारेमा खुलाइएको छैन। उनीहरुको परीक्षण अझै पनि जारी रहेको वक्तव्यमा उल्लेख गरिएको छ।
पानी जहाजका कर्मचारीहरूले भने ६६ जनामा भाइरसको सङ्क्रमण भएको र उनीहरुमध्ये अधिकांश जापानका नागरिक भएको बताएका छन्। कर्मचारीहरूका अनुसार जापान बाहेक अष्ट्रेलिया, फिलिपिन्स, क्यानडा, बेलायत र युक्रेनका नागरिकहरू पनि रहेका छन्।


सम्बन्धित शीर्षकहरु

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

तस्बिरमा रहेको विज्ञप्तिअनुसार राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्ले स्वीकृत गरी प्रमाणीकरणका लागि पठाएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)…

प्रतिकृयाहरू
...