Thursday 15th January 2026

जापानमा थप ६५ जनालाई कोरोनाको सङ्क्रमण


तितोपाटी- जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ।

पानी जहाजमा आएकाहरुलाई परीक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। अहिले थपिएको संख्यासँगै जापानमा कोरोना भाइरस सङ्क्रमित हुनेहरुको संख्या १३५ पुगेको उनीहरुको भनाई छ।

पछिल्लो पटक शंका लागेका कुल १०३ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ५६ जनाका सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तीमा कोरोना सङ्क्रमित हुनेहरु कुन देशका नागरिक हुन भन्नेबारेमा खुलाइएको छैन। उनीहरुको परीक्षण अझै पनि जारी रहेको वक्तव्यमा उल्लेख गरिएको छ।
पानी जहाजका कर्मचारीहरूले भने ६६ जनामा भाइरसको सङ्क्रमण भएको र उनीहरुमध्ये अधिकांश जापानका नागरिक भएको बताएका छन्। कर्मचारीहरूका अनुसार जापान बाहेक अष्ट्रेलिया, फिलिपिन्स, क्यानडा, बेलायत र युक्रेनका नागरिकहरू पनि रहेका छन्।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...