तितोपाटी – नुवाकोटको म्यागङ गाउँपालिका- ५ स्थित जोर चौतारा युवा कल्वको सातौं साधारणसभा सम्पन्न भएको छ । उक्त सभामा क्लबको भवन निर्माणको लागि समाजवादी पार्टी नेपाल नुवाकोटका जिल्ला इन्चार्ज डा. भिमलाल तामाङले नगद एक लाख, खेलाडीका लागि १५ थान ट्रयाक सुट र कलाकारको लागि नगद तीन हजार आर्थिक सहयोग गरेका छन ।
जोर चौतारा क्लबको सातौं साधारणसभा सितराम तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने समाजवादी पार्टी नुवाकोट जिल्ला ईन्चार्ज डा. भिमलाल तामाङको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी अतिथिहरु म्यागङ- ६ का अध्यक्ष आतम सिङ तामाङ, समाजवादी पार्टी, उद्योग बाणिज्य संघ तथा स्वरोजगार संघका केन्द्रिय सदस्य रामहरि सापकोटा र राजन बम लगायत विभिन्न दलका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
समाजवादी पार्टी जिल्ला नेता रामहरि सापकोटाद्वारा पनि म्यागङ गाउँपालिका – ५ भागे टोलका साईकोले युवा कल्बका फुटबल खेलाडीका लागी २० थान जर्सी (झन्डै १३ हजार बराबर) को र नगद पन्ध्र हजार पाँच सय पच्पन्न रुपैयाँ सहयोग गरेका थिए । जोर चौतारा युवा क्लबको भवना निर्माणको लागि सुलोचना साप्कोटाले जग्गा दान गरेकी छिन । उक्त कार्यक्रममा सुलोचना सापकोटालाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कल्बका उपाध्यक्ष बिर बहादुर तमाङले राखेका थियो भने कार्यक्रम संचालन मैसिङ तामाङले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी, सुरक्षा कर्मी लगायत जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत अतिथिहरुले मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा खेलकुदले मानवलाई स्वस्थ रहन निकै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । खेलकुद क्षेत्रमा म्यागङ गाउँपालिकालाई अगाडि बढाउन सक्दो नैतिक, भौतिक र आर्थिक सहयोग गर्न पछि नपर्ने बताएका थिए । अन्त्यमा कार्यक्रमका सभापति सितराम तामाङले म्यागङ गाउँपालिकामा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउन यस क्लबको महत्त्वपूर्ण भूमिका रहने बताएका छन । साथै क्लबको भवन निर्माणका लागि सहयोगी सम्पूर्णलाई धन्यवाद प्रकट गरेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।