गुलाम नबि मन्सुर – मानिसको जीवनमा धेरै प्रकारको तिता मिठा मोडहरु आइ रहन्छ। ति प्रत्येक तिता मिठा अनुभवहरु अविस्मरणीय हुँदो रहेछ। कुनै कुनै बेला यस्तो दिन आउँछ कि तमाम आफ्नो ईच्छा आकांक्षालाई तिलाञ्जली दिएर जीवनको हरेक मोडहरु पार गर्दै भोलीको लागि फेरि एउटा अर्को सपना देख्न थाल्छौ।
त्यो मेरो स्कुले जीवन आज याद आयो । जतिखेर हामीसंगैका सहपाठी भएर कक्षा ६ देखि कक्षा ८ सम्म गाउँकै स्कुलमा र कक्षा ९ देखि नजिकै रहेको सर्लाही हरिओन भन्ने ठाउँमा १० सम्म संगै पढ्यौ त्यतिखेरको हाम्रो दिनचर्या खुब रमाइलोसंग बितिरहेको थियो । घरबाट स्कुल जाने बेला संगै निस्किन्थ्यौ एक जनालाई ढिलो भयो भने पर नहरमा कुरेर बस्थ्याैं। उनीलाइ ढिलो हुन्थ्यो भने म कुरेर बस्थें, म ढिलो भएमा उनी कुरेर बस्थिन्। हामीसंगै संधै स्कुल आउने बेलामा गफिदै जान्थ्यौ स्कुल छुटी भएपछि पनि गफिदै घर आउँथ्यौं। स्कुलमा दिएको गृहकार्यहरुलाई गर्दा एकले अर्काको नोटबुकहरु हेर्दथ्यौ । हामी संगै हुर्के बढेकोले एक अर्कासंग नजिकबाट राम्रोसंग परिचित थियौ। भनौ न सबैभन्दा नजिकको साथी हामी बिचमा सबै कुरा एक आपसमा सेयर हुन्थ्यो। चाहे खुशी भएको क्षण होस् वा दुःखी भएको क्षण, स्कुलका ति दिनहरु जब वर्षातमा पानी पर्दा हामी एउटै छाता ओढेर जान्थ्यौ। हामीमा यस्तो मित्रता भएको थियो कि कुनै पनि कुरा बाडेर खाने देखि हरेक कुराहरु एक प्रकार साटासाट गर्दथ्यौ। स्कुलबाट आएपछि पनि हामी प्रायः जसो संगै हुन्थ्यौ। सायद हाम्रो घर नजिक नजिक भएकोले पनि होला। कतिपय गाउँका मानिसहरुले हाम्रो साथित्वलाई मायाको रुपमा हेर्न थालेका थिए। हाम्रो दिनचर्या यसरी नै चलिरहेको थियो। हामीलाई अरुले जे भनेपनि हामी असल साथी र हाम्रो साथित्वलाई गलत अर्थ नलागोस भनेर आफ्नो पढाईलाई बढि ध्यान दिने गर्दथ्यौं। यसरी नै हाम्रो दिनचार्य चल्दै गर्दा १० कक्षामा पुग्यौ र हाम्रो टेस्ट परिक्षा सकियो। हाम्रो रिजल्ट आएपछि हामी दुवै जना नभेट्ने बाचा गर्यौ तिन महिना पढनको लागि तयारी गर्नुपर्छ भनेर हामी तिन महिना छिमेक मै घर भएर पनि हाम्रो बिचमा तिन महिना बोलचाल भएन। त्यो तिन महिना कटाउन कति गाह्रो भएको थियो मलाई राम्रोसंग थाहा छ। तिन महिना सकिएपछि हाम्रो एस एल सि परिक्षा दिने पालो आयो। एस एल सी परिक्षामा हाम्रो केन्द्र फरक परिदियो। मेरो सर्लाही लालबन्दी र उसको सर्लाही तिन्घरै परेको थियोे तर हामी परिक्षा सकेर घर आउँदा आजको विषय कस्तो दियौ भनेर एक अर्कालाई सोध्थ्यौ। हाम्रो मेहनत नै भन्नुपर्छ हामीले दिएको एस एल सी मा हामीले सोचे अनुसारको अंक ल्याएर एस एल सी पास भयौ।
कलेज पढने बेलामा हाम्रो जिवनमा एउटा यस्तो मोड आयो जतिखेर हामी छुट्नै पर्ने भयो। उनको बुवा बिधुत प्रधिकरणम जागिरको शिलशिला झापा सरुवा हुनु भयो। उनी बुवाको जागिर भएको ठाउँमा पढ्न झापा गइन्, म भने गाउँकै क्याम्पसमा पढन थाले तर मलाई उनी बिना एकलो महसुश हुन थाल्यो। मैले पढाईमा ध्यान दिन छोडे। मैल सायद मेरो साथीलाई प्रेमको रुपले देखेर होला। हामी भौतिक रुपमा धेरै टाढा भयौ। हाम्रो बिचमा भेट नभएको धेरै भएको थियो, म उनलाई भेट्न चाहिरहेको थिए । उनकी आमालाई म बिराटनगरबाट घर आएको बेलामा सोधिरहन्थे उनी कहिले आउँछिन घर भनेर। एकदिन बल्ल तल्ल उनको आमालाई भनेर उनी बस्ने घरभेटीको फोन नम्बर मागे। अनि निकै उतसाहित भएर बिराटनगर फर्के र फोन गरे धेरै दिन पछि हाम्रो बोलचाल भएको थियो। गफ निकै लामो नै चल्यो। मलाई लाग्छ हामी एकअर्कालाई भित्री मनले चाहन्थ्यौ तर शब्दमा भन्न सकेको थिएनौ। जागिर कै शिलशिलामा उसको बुवाको फेरी बढुवा भयो तसपछि त उसको बुवाले उनकी आमालाई पनि लिएर झापा मै बस्ने निधो गर्नु भएको रहेछ। हुन पनि हो हाम्रो बाउ बाजेको थाक थलो देखि किसान काम गरेको उनीहरु जागिर पेसा गाउँको सबै जायजेथा बेचेर झापा मै घर किनेर बसाई जानुभयो। हामी एक अर्काको यति मिल्ने साथी कहिले भेट नहुने गरि छुट्यौ।
हाम्रो साथित्व छुटेपछि म पनि पढाईमा त्यति मन नगरेपछि म असफल हुदै गएं। मैले उसलाई भित्र भित्र माया गरेर नै मेरो पढाई प्रति लगाव घटेको हुनुपर्छ। मैले नभन्दै पढाई पनि छोडी दिएं। बिराटनगरबाट आफ्नै गाउँ फर्केर गाउँमा अल्लारे भएर गाँउ डुलुवा जस्तो हिड्न थाले। मेरो यहि ताल देखेर मेरो आमा बुवाले मलाई सुधार्नको लागि मेरो लगनगाठो बाँधिदिने विचार गर्नुभयो र अन्तमा मेरो विवाह मैले कहिल्यै नदेखेको,कहिल्यै नबोलेको केटीसंग मागी विवाहा गरेर घरमा ल्याए। मेरो कांधमा जिम्मेवार थपिए पछि म आफ्नो र श्रीमतीको आवश्यकताहरु पुरा गर्न कामको खोजीमा नजिकैको इडस्ट्रीजमा काम गर्न थाले। घरमा बिस्तारै आवश्यकताहरु बढदै गयो हामी दुई जनाबाट ८ जना भयौ। मेरो त्यो सानो कमाइले घर धान्न मुस्किल भयो र अन्त्यमा मैले बाध्य भएर खाडीको यात्रा तय गरे। जब म बिदेश आए यहा आएर निकै दुःख कस्ट गरेर अहिले घरको आर्थिक अवस्था भग्वानको कृपा अनि मेरो मेहनतले पहिला भन्दा धेरै सुधार भएको छ। घरमा श्रीमती छोराछोरी सबैलाई मैले गर्नु पर्ने जिम्मेवारी पुरा गरेको जस्तो लाग्छ। मलाई लाग्छ म आफ्नो दायित्वबाट कहिले पन्छिन्न होला तर मेरो विदेशको दिनचर्या जसोतसो चल्दै थियो एकदिन मलाई पनि सामाजिक सञ्जाल फेसबूकको भुत चडेर फेसबुक खोले र आफुले चिनेको साथीहरुलाई साथित्वको अनुरोध पठाउदै गर्दा फेसबुकको म्युचुअल फ्रेन्डमा उसको नाम देख्छु र प्रोफाईल खोलेर हेर्छु त उहि नै रहेछ। मसंगै पढेको मेरो त्यहि साथी र मैले पनि साथीको लागि अनुरोध पठाए र उसले तुरन्तै स्विकार गरेर फेसबूक फ्रेन्डमा सम्मिलित भइन। त्यहि दिन देखि समान्य कुरा हुदै गयो र हामीले बिगतमा संगै खेलेको संगै हुर्केको र संगै स्कुल गएको यादहरु ताजा हुँदै गएको छ। हामी हाम्रो साथित्वलाई समाजिक सन्जालबाट निभाई रहेका छाैं। हाम्रो दिनचर्य फेरि पहिलेको जस्तै शुरु भएको छ, हामी एकछिन अनलाईनमा आएर बेलेनौ भने दुवै जनालाई छटपटी हुन्छ। हाम्रो माया परिवर्तन भएको छ। हुन त उनको पनि घरजम भएर छोराछोरी भइसकेको छ तर यो पहिलो माया भन्ने कुरा अनाैठो हुँदो रहेछ। छुट्टाछुट्टै घर संसार हुँदा पनि मायाको गाढापनि पहिलो माया नै हुने । अब फर्किन सम्भव छैन भन्ने जान्दा जान्दै पनि बिर्सन चाहेर पनि बिर्सन नसकिने। सबै कुरा तिलाञ्जली दिएर पुनः हिँजो कै दिनमा फर्काैं फर्काैं लाग्ने । हो साँच्चै नै हो रहेछ पहिलो प्रेम अनाैठो प्रेम।