Thursday 1st October 2026

स्याङ्जा सहयोग समाज कुवेतले स्याङ्जामा दोश्रो एम्बुलेन्स छिट्टै सञ्चालनमा ल्याउने


तितोपाटी-स्याङ्जा सहयोग समाज कुवेतले आफ्नो योजना अनुसार दोश्रो एम्बुलेन्स खरिद गरिसकेको छ भने कानुनी प्रकृया पूरा गरेर छिट्टै सञ्चालनमा ल्याउने भएको छ। पहिलो एम्बुलेन्स खरिद गरि स्थानिय क्लबलाइ हस्तान्तरण गरि संचालनमा ल्याइ सकेको समाजले दोश्रो एम्बुलेन्स पनि छिटैं जिल्लामा अाइपुग्ने संस्थाका अध्यक्ष शिब कोइरालाले तितोपाटी डट कम सँगको कुराकानीमा बताए।

अध्यक्ष कोईरालाले तितोपाटी डटकम संग भने “हाम्रो समाजले आफ्नो गृह जिल्लामा एकैपटक दुईवटा एम्बुलेन्स हस्तान्तरण गर्ने भनिएको योजना अनुसार एउटा एम्बुलेन्स आज भन्दा दुई महिना अगाडी हस्तान्तरण भइ सकेको र अर्को एम्बुलेन्स कानुनी कागजात पुरा भइ एम्बुलेन्स खरिदको लागि रकम बुझाइ सकेको छ।अब कानुनी प्रकृया पूरा गरेर छिट्टै सन्चालनमा ल्याइने छ।उनले थपे *आजको दिन सम्म दुईवटा एम्बुलेन्स किनेर पनि समाजको बचत खातामा एक लाख पचास हजार नेपाली रुपैयाँ जम्मा रहेको छ।”

“सुनौलो बिहान स्याङ्जा निर्माणमा हाम्रो अभियान “भन्ने मुल नाराको साथ २०१४ मा स्थापना भएको स्याङ्जा सहयोग समाज कुवेतले विभिन्न सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै अाएको छ भने कुवेतमा कृयाशिल बिभिन्न संघ संस्थाहरूसँग हातेमालो गर्दै आइरहेको छ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...