तितोपती-ललितपुर कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पादरी बिश्वास जोशी भन्ने ध्रुवबाबु जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाको लिखित जाहेरी आधारमा ललितपुर प्रहरीले चर्चका पादरी जोशीलाई पक्राउ गरेको हो ।
तीन महिनादेखि उनले एक महिलालाई निरन्तर प्रलोभन र धम्की देखाउँदै बलात्कार गर्दै आएको खुलेको हो । पीडित महिलाका अनुसार पादरीले आफूसँग शारीरिक सम्पर्क गरे पाप नष्ट हुने भन्दै पटक-पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन् ।
बाथ सम्बन्धी र शरिरको खुट्टाहरु काम्ने रोग चर्चमा गए निको हुने विश्वासका आधारमा आफू चर्चमा गएको र चर्चका पादरीले त्यसको फाइदा उठाएको उनले उल्लेख गरेकी छिन् ।
चर्चमा प्रार्थना गर्न जाने सिलसिला सो चर्चका पास्टर तिमीले नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो। सो पाप मेटाउन शारिरीक सम्पर्क गर्नुपर्छ भन्दै बलात्कार गरेको उनले जनाएकी छिन् ।-खबरहब बाट