Wednesday 19th August 2026

अमेरिकामा भीषण आँधी, कम्तीमा ११ जनाको मृत्यु


तितोपाटी-दक्षिणी अमेरिकामा आएको भीषण आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ। आँधीले तेज हावा र ठूलो वर्षा निम्त्याएको छ। अलाबामा, लुइजियाना र टेक्सस राज्यमा मृत्युका घटना भएको विवरण आएका छन्। आँधीका कारण विद्युत्‌ आपूर्ति अवरुद्ध हुँदा दशौँ हजार मानिस प्रभावित भएका छन्। केही घरहरू ध्वस्त भएका छन् भने कतिपय सडक डुबानमा परेका छन्।

टोर्नेडो आउने भनेर शनिवार कैयौँ चेतावनी जारी गरिएका थिए। अलाबामा चाहिँ सबैभन्दा जोखिममा रहेको बताइएको छ। मध्यपश्चिमी क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ भने शिकागोका प्रमुख दुई विमानस्थलमा शनिवार सयौँ उडान रद्द गरिएका छन्। लुइजियानास्थित बोसिएर प्यारिश शेरिफ कार्यालयले जनाए अनुसार आँधीले शुक्रवार अस्थायी घर उडाउँदा एक ज्येष्ठ दम्पतीको ज्यान गएको हो। घरमाथि रूख ढल्दा अर्का एक जनाको ज्यान गएको छ।

मौसमसम्बन्धी निकाय एनडब्ल्यूएसले अलाबामा राज्यमा पर्ने पिकेन्स काउन्टीमा तीन जनाको ज्यान गएको पुष्टि गरेको छ।अलाबामाको बर्मिङ्घमस्थित एनडब्ल्यूएसको कार्यालयले मृत्युबारे ट्विटरमार्फत्‌ जानकारी गराएको छ।

टेक्ससमा दुई जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। धेरै ठाउँमा बिजुलीका खम्बा र रूखहरू ढलेका विवरण प्राप्त भएका छन् भने आँधीले थुप्रै घरमा क्षति पुर्‍याएको छ। मिजुरी, ओक्लोहोमा र आर्कन्सामा पनि आँधीले सम्पत्तिमा क्षति पुर्‍याएको छ। आँधीबाट प्रभावित मानिसहरूलाई सुरक्षित स्थानमा आश्रय लिन तथा डुबानमा परेका सडकहरूमा ननिस्कन आह्वान गरिएको छ।
-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं — लामो समयदेखि न्यून पारिश्रमिक, असमान सेवा–सुविधा र सरकारी प्राथमिकतामा आफूहरू पछाडि परेको गुनासो गर्दै आएका सामुदायिक विद्यालयका प्रारम्भिक…

कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको…

देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रे, सिन्धुपाल्चोक, रसुवा, पश्चिम रुकुम, संखुवासभा,…

प्रतिकृयाहरू
...