Tuesday 13th January 2026

तमु प्ये ल्हु संघ कुवेतले अतिथि कलाकारको साथमा तमु च्यू ल्होसार मनायो


तितोपाटी-तमू प्ये ल्हु संघ कुवेतले नेपालबाट आएकी अतिथि कलाकार सविना गुरूडको साथमा गुरुङ समुदायहरुको महान चाड च्यू ल्होसार कुवेतको खैतान स्थित राजधानी प्यालेस रेस्टुरेन्टमा विभिन्न संस्कृतिक प्रस्तुतिको साथ भव्य कार्यक्रम गरि मनाएको छ। संस्थाले प्रत्येक वर्ष झैं यस वर्ष पनि तमु समुदायको मौलिक महान चाड तमु फो- ल्हो (मृग वर्ग)लाई बिदाइ गर्दै आगमन तमू च्यु ल्हो (मुसा वर्ग)लाई स्वागत गर्दै तमू च्यु ल्होसार (मुसा वर्ग) भव्यताकासाथ मनाएको हो।

संस्थाका अध्यक्ष उमा गुरुङको सभाध्यक्षता एवं महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता र एनआरएनए कुवेतका अध्यक्ष सुजन केसि लगाएत कुवेतमा कृयाशिल नेपाली संघ सँस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारहरु, वुद्धिजीवि, समाजसेवी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने तमू ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान कार्यक्रम मा प्रमुख अतिथि महामहिम राजदुत दुर्गाप्रसाद भण्डारी, एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, आदिवासी जनजाती महासंघ कुवेतका उपअध्यक्ष बल बहादुर काम्बाङ, पत्रकार पत्रकार महासंघ कुवेत शाखाको तर्फबाट नैनकला राई, तमु समाज कुवेतका अध्यक्ष राजु गुरुङ लगयतले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए।

तमू च्यु ल्हाेसार कार्यक्रमलाई अति नै भब्य सभ्य बनाउनको लागि नेपालबाट आएकी अतिथि कलाकार चर्चित लोक दोहोरी गायिका सविना गुरुङ गुरुङले आफ्नो नयाँ पुराना गीतहरु(आधी खोला तिर मै गीत बाट सुरु गरेको गुरुङ ले सालै जो, बेली लिबा, मुर्बै मुसारा ,मदलुको घुम्न नयाँ पुरान गीत गाउदै कुबेतबासी दाजु भाई दिदी बहिनी हरु लाई कम्मर मर्काई मर्काई नचाएकी थिइन् भने दर्जनभन्दा बढी आफ्नो चर्चित गीतहरु प्रस्तुत गरेर उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएकी थिइन्। कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य झ्याउरे,सालैजो, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य प्रस्तुत गरि कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाइएको थियो ।

बहराइन एक्स्चेन्ज कम्पनी(BEC) कुवेतको प्रायोजनमा सम्पन्न उक्त कार्यक्रममा अतिथि कलाकार, प्रायोजक तथा स्थानिय मिडिया हाउसहरूलाइ मायाको चिनो दिएर सम्मान गरिएको थियो। उक्त कार्यक्रममा उपस्थित पाहुनाहरुलाई संस्थाका सल्लाहकार छ्योमान गुरुङले मन्तब्य द्वारा स्वागत गरेका थिए भने सल्लाहकार डम्बर तमू र सचिब अमन तमूले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए। अन्त्यमा कार्यक्रमको समापन गर्दै अध्यक्ष उमा तमुस्योले कार्यक्रममालाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खट्नु भएका संस्थाका पदाधिकारी तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगीहरु सबै प्रति आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई विशेष धन्यवाद ब्यक्त गरेकी थिइन् भने कार्यक्रममको अन्तमा अतिथी कलाकार सविना गुरुङ र प्रेम कटुवाल को लोकदोरी घमसा घम्सी ले सबै जान लाई नाच्दै तमू (च्यु ल्होसार) सम्पन्न भएको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...