Friday 17th July 2026

नेकपाले टुंगो लगायो रास्ट्रियसभाका लागि १६ उमेद्वार


तितोपाटी -सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । शुक्रबार बिहान बसेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।नेकपाले १६ जना उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । निर्वाचनका लागि २० गते मनोनयन दर्ता गर्ने समय तोकिएको उनले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार अनुसार प्रदेश नम्बर १ मा महिला तर्फ इन्दु गौतम, दलितबाट गोपी आछामी र देवेन्द्र दाहाल (अन्य) को नाम टुंगो लगाएको हो । त्यसैगरी प्रदेश नम्बर २ मा तुलशा दाहाल (महिला), राधेश्याम पाश्वान (दलित), प्रदेश नम्बर ३ मा गंगा बेलवासे (महिला), वेदुराम भुसाल (अन्य) र गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ (अन्य) भगवती न्यौपाने (महिला) को नाम टुंगो लगाएको छ । त्यस्तै प्रदेश नम्बर ५ मा विमला घिमिरे (महिला), अपाङ्गता तथा अल्पशंख्यकबाट जगप्रसाद शर्मा, अन्यमा गोपाल भट्टराई, प्रदेश नम्बर ६ मा मायाप्रसाद शर्मा (अन्य), सुमित्रा विसि (महिला) तथा सुदूरपश्चिम प्रदेशमा तारामान स्वार (अन्य) र शारदा भट्ट (महिला) बाट उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको छ । नेकपाले प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग सहकार्य गर्ने निर्णय यसअघि नै गरिसकेको छ । एक जना (अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा) राष्टिपतिले मनोनयन गर्नेछन् ।

नेकपासँग राष्ट्रिसभा सदस्यका लागि तालमेल गर्ने राष्ट्रिय जनाता पार्टीले आजै बैठक गरी उम्मेदवार टुङ्गो लगाउने बताएको छ । ‘आज साँझसम्म उम्मेदवारको टुङ्गो लगाउँछौं,’ राजपाका महासचिव केशव झाले नयाँ पत्रिकासँग भने ।९ माघमा १८ राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रु २० करोड ९० लाख बिगो दाबी…

प्रतिकृयाहरू
...