Sunday 18th October 2026

कश्मीर सीमामा भिडन्त हुँदा भारत र पाकिस्तानका २-२ जना सेनाको मृत्यु


तितोपाटी-कश्मीरको विवादित सीमा क्षेत्रमा भारतीय र पाकिस्तानी सेनाबीच भिडन्त हुँदा दुईजना पाकिस्तानी र दुई भारतीय सुरक्षा फौजको मृत्यु भएको छ ।

दुबैतर्फका सुरक्षा फौजले भिडन्तमा आफ्ना सिपाहीको ज्यान गएको जनाएका छन् । पाकिस्तानी सेनाले आफ्ना सिपाहीको देवा क्षेत्रमा आक्रमणमा ज्यान गएको विज्ञप्तिमा जनाएको छ । त्यसपछि आफूहरुले गोली चलाएको पाकिस्तानी सेनाले उल्लेख गरेको छ ।

हाजी पीर सीमा क्षेत्रमा सीमा वारपार गोलीबारी भएको थियो । पाकिस्तानी सेनाले यस घटनालाई ‘युद्धविरामको उल्लंघन’ भएको टिप्पणी गरेको छ । भारतीय सेनाका प्रवक्ता कर्णेल राजेश कलियाले भने रामपुर क्षेत्रमा आफ्ना सिपाही पाकिस्तानी सेनाको आक्रमणबाट मारिएको जनाएका छन् । गत अगस्ट महिनादेखि नै कश्मीर क्षेत्रमा आम नागरिकको दैनिकी स्थिर हुन सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...