Friday 11th September 2026

पत्नीसहित गाउँपालिका अध्यक्षको अपहरण


तितोपाटी- दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नीलाई अज्ञात समूहले अपहरण गरेको छ । शनिबार राति करिब १२ बजेतिर उनीहरुलाई अपहरण गरेको धिरबहादुरका भाइ हस्त शाहीले जानकारी दिए । अध्यक्ष शाहीसँगै उनकी पत्नी इला शाही पनि अपहरण गरिएको हस्तले बताए।

भाइ हस्तका अनुसार अध्यक्ष शाहीको ठाटीकाँध गाउँपालिका-२स्थित श्रीपाटामा रहेको आफ्नै घरबाट सोधपुछ गर्नुछ भन्दै अज्ञात समूहले लिएर गएका हुन्।उक्त समूहले अफूलाई पनि आधाबाटोसम्म लगेर साढे १ बजेतिर छोडिदिएको हस्तले जानकारी दिए ।

शाहीदम्पतिलाई विप्लव समूहले अपहरण गरेको आशंका गरिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले घटना जानकारीमा आएपनि कसले अपहरण गरेको भनी पुष्टि नभएको बताए . आइतबार बिहान सुरक्षा समितिको बैठक बसी अपहरितको खोजी तीब्र पारेको उनले जानकारी दिए। अन्नपूर्ण पोष्टबाट


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...