Sunday 8th February 2026

बेलायतको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीको बहुमत


तितोपाटी – बेलायतमा विहिबार तल्लो सदन हाउस अफ कमनको लागि भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याएको छ। शुक्रबार विहानसम्म ६४२ सिटको नतिजा आउँदा सत्तारुढ दल कञ्जरभेटिभ पार्टीले ३५८ सिट सहित सुविधाजनक बहुमत प्राप्त गरेको हो।
यसअघि सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा करिब ५० सिट कञ्जरभेटिभले थप्न सफल भएको छ। यो नतिजा सन् १९८७ यताकै सबैभन्दा ठूलो जित हो।
यो जित सँगै प्रधानमन्त्री वोरिस जोन्सनले नेतृत्वमा रहेको कञ्जरभेटिभ पार्टीले पुनः सरकार बनाउने बाटो खुलेको छ भने बेलायत युरोपेली संघबाट बाहिरिन पनि बाटो खुला गरिदिएको छ। बेलायतले ब्रेक्जिक्ट मुद्धा पार लगाउन नसक्दा पछिल्लो ५ वर्षभित्रमा यो तेस्रो पटक भएको आम निर्वाचन हो। सन् २०१६ जनमतसंग्रहमा ब्रेक्जिटको पक्षमा नतिजा आएसंगै तत्कालिन प्रधानमन्त्री डेभिड र टेरिसा मे प्रधानमन्त्री हुँदा सो मुद्धाको टुंग्गो लगाउन नसक्दा राजीनामा दिन वाध्य भएका थिए।
६५० सिटको लागि भएको निर्वाचनमा विपक्षी दल लेवरलाई ठूलो धक्का लागेको छ। पछिल्लो परिणाम अनुसार लेवरले २०३ सिट प्राप्त गरेको छ। लेवरले गत निर्वाचनमा भन्दा ५८ सिट कम ल्याएको छ। निर्वाचनमा स्कटिस् नेस्नल पार्टीले ४८ सिट प्राप्त गरि तेस्रो स्थान सुरक्षित गरेको छ। अर्को दल लिबरल डेमोक्र्याटले ११ सिट जितेको छ।


सम्बन्धित शीर्षकहरु

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले…

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

प्रतिकृयाहरू
...